शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुरुआती अग्रता जोगाउन नसक्दा काठमाडौँसँग पोखरा २-१ ले पराजित

एक्सप्रेस पाना
मंसिर २५, २०८० सोमबार
  • 314
    SHARES
  • सुरुआती अग्रता जोगाउन नसक्दा काठमाडौँसँग पोखरा २-१ ले पराजित

    काठमाडौँ, मंसिर २५ । पोखरा थन्डर्सलाई २-१ गोलले पराजित गर्दै साविकको विजेता काठमाडौँ रेजर्सले जारी (एनएसएल)मा दोस्रो जित दर्ता गरेको छ।

    images

    सोमबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं १-० गोलले पछि परेको अबस्थालाई उल्ट्याउँदै पोखरामाथि २-१ गोलको पुनरागमन जित निकालेको हो।

    काठमाडौँको जितमा एनकेङग्युले जुनियर र सोखरुख एमले १-१ गोल गरे। जितसँगै काठमाडौँ ५ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ।

    images

    खेलको १४औँ मिनेटमा पोखरा थन्डर्सले गोलको लागि प्रयास गरेको थियो। मोसेस टुमको प्रहार काठमाडौँका कप्तान अन्जन राईलाई लागेर बाहिरिएको थियो।

    १८औँ मिनेटमा पुन: पोखराका लागि मोसेसको प्रहार काठमाडौँका गोलरक्षक एन्जल श्रेष्ठले बिफल पारी दिए।

    काठमाडौँले पहिलो अवसरको लागि २९औँ मिनेट कुर्नु परेको थियो। काठमाडौँका लागि सोखरुखले करिब २५ यार्डबाट प्रहार गरेको फ्रिकिकलाई पोखराका गोलरक्षक एभेस प्रिसोले शानदार बचाउ गरे।

    खेलमा काठमाडौँमाथि बल पोजिसनमा पदक पदक दबाद सिर्जन गरेको पोखराले ३४औँ मिनेटमा सुन्दर अवसर खेर पाल्यो। गोलरक्षक एन्जल श्रेष्ठ अगाडी बढेको अबस्थानमा मोसेसले खाली पोस्टमा गरेको प्रहार काठमाडौँका डिफेन्स आन्दे्रस नियाले क्लियर गरिदिए। लगत्तै कर्नर प्रहारबाट आएको बललाई मोसेसले हेड गोल गरे पनि काठमाडौँका मिडफिल्डस राजीव लोप्चनले गोललाइनबाट हेड मार्फत क्लिएर गरे।

    ३७औँ मिनेटमा मोसेसको अर्को हेड माथिल्लो बारमा लागेर बाहिरिएपछि पोखराले खेलमा अग्रता दिन अवसर खेर फाल्यो।

    ४५औँ मिनेटमा काठमाडौँका लागि किङ्गोय ओलिभरले हेर्डमार्फत गोल गर्ने अवसर खेर फाल्य। उनले १० यार्डबाट फ्रिहेडर प्रहार गरेको बल पोस्टको बाँया भागबाट बाहिरिएपछि पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

    ५८औँ मिनेटमा पोखराले अग्रता बनायो। पोखराको लागि मार्की प्लेयर आयुष घलानले गोल गरे। स्टेफेन पापाको लङ रेन्ज सट काठमाडौँका गोलरक्षक एन्जल श्रेष्ठले राम्रोसँग नियन्त्रणमा लि नसक्ला रिबाउन्डमा आएको बललाई नजिकै रहेका आयुषले गोल गरि खेलमा पोखरालाई अग्रता दिलाएका हुन्।

    ७२औँ मिनेटमा पोखराका मोसेसले गोल गर्ने अवसर खेर फाल्ए। काउन्टर अट्याकमा आयुषले दिएको पासलाई सदुपयोग गर्न सकेनन्।

    ८३औँ मिनेटमा काठमाडौँका लागि एनकेङग्युले जुनियरले गोल गर्दै खेल १-१ गोलको बराबरी अबस्थामा ल्याए। करिब १८ यार्डबाट पोखराका चार डिफेन्सलाई बिट गर्दै लेफ्ट फुटेट सहजै गोल गरे। त्यसपछि ९३औँ समिनेटमा काठमाडौँले अर्को गोल फर्कायो। सोखरुख एमले पोखराका गोलरक्षक प्रिसो अगाडि बढेको अबस्थामा खाली पोस्टमा सहजै गोल गरे।

    यो हारसँगै पोखराले ५ खेलबाट ८ अंकसहित चौथो स्थानमा झरेको छ। पोखराले यसअघि पहिलो खेलमा चितवन एफसीलाई १-० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो। तेस्रो खेलमा झापा एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। चौथो खेलमा स्पोर्टिङ इलाम मेची डि लाई १-० गोलले पराजित गरेको थियो।

    यता, काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलाम मेची डि लाई १-० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा एफसी चितवनसँग १-१ गोलको बराबरी। तेस्रो खेलमा झापा एफसीसँग गोलरहित बराबरी तथा तेस्रो खेलमा बुटवल लुम्बिनी एफसीसँग २-१ गोलले पराजित भएको थियो। 

     

     

  • सम्बन्धित विषय:

  • # फुटबल