शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल सुपर लिग: ललितपुरको अपराजित यात्रा कायमै

एक्सप्रेस पाना
मंसिर २९, २०८० शुक्रबार
  • 308
    SHARES
  • नेपाल सुपर लिग: ललितपुरको अपराजित यात्रा कायमै

    काठमाडौं, मंसिर २९ । जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज भएको खेलमा ललितपुर सिटी एफसी र झापा एफसी बराबरीमा रोकिएका छन्।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुबै टोली गोलरहित बराबरीमा रोकिएका हुन्।

    यो नतिजासँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएपनि जारी लिगमा अपराजित यात्रा कायम राखेको छ। उसको ६ खेलमा २ जित, ४ बराबरीसँगै १० अंक रहेको छ। उता जित्नै पर्ने दबाबमा रहेको झापा भने यो नतिजासँगै समान खेलमा १ जित, ४ बराबरी र १ पराजयसँगै ७ अंक बटुल्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। अब झापालाई प्लेअफमा पुग्नका लागि बाँकी सबै खेल जित्नै पर्ने दबाब रहेको छ।

    images

    खेलको चौथो मिनेटमा डिबक्स बाहिरबाट ललितपुरका दिनेश हेन्जनले गरेको प्रहार गोल पोस्टको माथिल्लो भागमा लागेर फर्कियो। विबादास्पत बनेको खेलको १९औँ मिनेटमा ललिपुरका इमोज इज्केल र झापाका आवाष लामिछानेबीच घम्साघम्सी हुँदा दुबै खेलाडीले पहेलो कार्ड प्राप्त गरे। 

    ३७औं मिनेटमा ललितपुरले अग्रता बनाउने अवसर खेर फाल्यो। दिनेश हेन्जनले दिएको क्रशलाई इमोज इज्केल सदुपयो गर्न सकेनन्। ४५औँ मिनेटमा झापाले खेलमा अग्रता लिने अवसर पाएको थियो। झापाका छिरि ङ लामाले जोर्ज सान्चेज दिएको लामो पासलाई ललितपुरका कप्तान अन्नत तामाङ क्लिय गर्न नसकेपछि प्राएको बललाई सान्चेजले वान भर्सेस वानको अबस्थामा गोल गर्न चुकेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

    दोस्रो हाफको पहिलो मिनेटमै आक्रमक बनेको ललितपुरका लागि शनिस श्रेष्ठले मैदानको कर्नर साइटबाट दिएको उत्कृष्ट क्रशलाई पापा केबेले सदुपयो गर्न सकेनन्। त्यस लगत्तै २ मिनेट पछि केबेले डिबक्सभित्रबाट प्रहार गरेको बल झापाका गोलरक्षक स्टेफेन क्युपिकले शानदार बचाउँ गरे।

    लगातार अक्रमण बुनेको ललिपुलका लागि ६२औँ मिनेटमा डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोल पोस्टको माथिल्लो बारबाट बाहिरियो।
    त्यस्तै लगातार आक्रमक बनेको ललितपुरका लागि इन्जुरी समयमा डिबक्स बाहिरबाट पापा केबेले दिएको राम्रो पासलाई इमोजले सदुपयो गर्न सकनेन्।

  • सम्बन्धित विषय:

  • # फुटबल