गुरुकुल शिक्षा केन्द्रद्वारा आयोजित आइएसएम्टि गुरुकुल अन्तर कलेज फुटसल प्रतियोगिता २०८० को उपाधि शान्ति नमुना कलेजले जितेको छ।
शनिबार भएको रोमाञ्चक फाइनल खेलमामा प्यारामाउन्ट कलेजमाथि ३-२ को जीत निकाल्दै शान्ति नमुनाले उपाधि जितेको हो।
१६ टिम सहभागी रहेको यस प्रतियोगितामा प्यारामाउन्ट कलेज, न्यू होराइजन जीबीएस, सेन्ट जोसेफ कलेज र शान्ति नमुना कलेज सेमिफाइनलसम्म स्थान बनाएका थिए।
पहिलो सेमिफाइनलमा प्यारामाउन्टले होराइजन जिबिएसलाई २-१ तथा शान्ति नमुनाले सेन्ट जोसेफलाई ३-२ ले हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए।
यस प्रतियोगिताको सर्वाधिक गोलकर्ता भने होराइजन जिबिएसका करण अधिकारी बने। यस्तै फेयर प्ले अवार्ड पनि होराइजनले नै जित्यो। शान्ति नमुनाका सरोज थारु उत्कृष्ट गोलरक्षक घोषित भए।
यस प्रतियोगिताका सबै खेलहरु तिलोत्तमा नगरपालिकाको शंकरपुर स्थित युनिक फुटसल ग्राउन्डमा भएका थिए।



