शनिबार, श्रावण ३० गते २०८३
images
images

आजको राशिफल : २०८० पुस १ गते (आईतवार)

एक्सप्रेस पाना
पौष १, २०८० आइतबार
  • 275
    SHARES
  • आजको राशिफल : २०८० पुस १ गते (आईतवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    images

    प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    images

    कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। लोकाचारका लागि दिन खर्चिलो बन्न सक्छ।  मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पादन हुनेछ। केही रकम रोकिए पनि व्यापारमा मनग्गे धनलाभ हुनेछ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। चिताएका काम सम्पादन हुनेछन्। 

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ।

  • सम्बन्धित विषय:

  • # राशिफल