शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्थगित यू–१६ लिग पुस ९ गतेदेखि शुरू हुने

एक्सप्रेस पाना
पौष १, २०८० आइतबार
  • 363
    SHARES
  • स्थगित यू–१६ लिग पुस ९ गतेदेखि शुरू हुने

    काठमाडौं, पुस १ । स्थगित यू–१६ युथ लिग पुसको दोस्रो सातादेखि शुरू हुने भएको छ। 

    images

    आज आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा क्लब र एन्फाबीच भएको बैठकले पुस ९ गतेदेखि लिग सञ्चालन गर्ने निर्णय गरेको हो।

    एन्फाका अनुसार पुस ९ गते मनाङ मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब भिड्ने छन्। खेल एन्फा कम्प्लेक्समा हुनेछ। ६ महिना लिग सञ्चालन हुने भनिए पनि ५ खेल भएपश्चात साउन अन्त्यदेखि रोकिएको थियो।  

    images

    लिगमा १० टोली सहभागी भए पनि नेपाल पुलिस, एपीएफ, खुमलटार एफसी र चर्च ब्वाइजले मात्रै समान पाँच खेल खेलेका छन्। मच्छिन्द्र, संकटा, आर्मी, फ्रेन्ड्स र मनाङ मर्स्याङ्दी क्लबले ४/४ खेल खेलेका छन्। न्यूरोड टिम (एनआरटी)ले भने खेलाडीको उमेर विवादका कारण दुई खेल बहिस्कार गरेको थियो।

    अंक तालिकामा मनाङ नवौँ स्थानमा रहेको छ। मनाङको ४ खेलमा १ जितसहित ३ अंक रहेको छ। यता, फ्रेन्ड्सको भने २ जितसहित ६ अंक रहेको छ। फ्रेन्ड्स पाँचौँ स्थानमा रहेको छ। 

    अंक तालिकामा नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ। पुलिसले ३ जित र २ बराबरीसँगै ११ अंक जोडेको छ। उसलाई ८ अंक जोडेको एपीएफले पछ्याइरहेको छ। 

  • सम्बन्धित विषय:

  • # फुटबल