काठमाडौं, पुस २ । नेपाल सुपर लिग (एनएसएल) मा साविकको विजेता काठमाडौं रेजर्स र साविकको उपविजेता धागढी एफसीबीच खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे धनगढी काठमाडौं प्रतिस्पर्धा हुनेछ।
जारी सुजन धनगढी ५ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट काठमाडौं ८ अंकका साथ चौथो स्थानमा छ।
आजको खेलमा जित निकाल्दै धनगढीले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने योजनामा रहेको छ। यता, काठमाडौं पनि धनगढीलाई हराउँदै शीर्ष स्थानको अंक बराबरी गर्ने दाउमा रहेको छ।
जारी सिजनको अंक तलिका;




