शुक्रबार, आश्विन २३ गते २०८३
images

एन्फाको सीईओमा इन्द्रमान तुलाधार नियुक्त

एक्सप्रेस पाना
पौष २, २०८० सोमबार
  • 333
    SHARES
  • एन्फाको सीईओमा इन्द्रमान तुलाधार नियुक्त

    काठमाडौं, पुस २ । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा इन्द्रमान तुलाधार नियुक्त भएका छन्।

    images

    सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको कार्यसमिति बैठकले संकटा क्लबका अध्यक्षसमेत रहका तुलाधरलाई सीईओमा नियुक्त गरेको हो।

    यसअघि उनी कर्माछरिङ शेर्पा अध्यक्ष हुँदा महासचिव थिए। 

    images

    गत कात्तिक २३ गते हेटौँडामा भएको विशेष साधारणसभामा पंकजविक्रम नेम्वाङलाई सहयोग गर्दै उनी जिम्मेवारीसहित एन्फा फर्किएका हुन्। 

    उनी र शेर्पाले गत भदौ २५ गते अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तीको प्रस्ताव दर्ता गरेका थिए।

    कात्तिक २३ गते अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत गरेको थियो।

  • सम्बन्धित विषय:

  • # फुटबल