शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल सुपर लिग : धनगढी शीर्ष स्थानमा यथावत्

एक्सप्रेस पाना
पौष २, २०८० सोमबार
  • 293
    SHARES
  • नेपाल सुपर लिग : धनगढी शीर्ष स्थानमा यथावत्

    साविक विजेता काठमाडौँ रेजर्सलाई बराबरीमा रोक्दै धानगढी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा यथावत् बसेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले काठमाडौँलाई १-१ गोलको बराबरीमा रोकेको हो। योसँगै धनगढीले ६ खेलमा ३ जित र २ बराबरीसहित १२ अंक जोडेको छ। यता, काठमाडौँ भने चौथो स्थानमा यथावत् रहेको छ। काठमाडौँको समान खेलमा २ जित र २ बराबरीसहित ९ अंक रहेको छ। धनगढीलाई ११ अंकसहित पोखराले पछ्याइरहेको छ।

    images

    खेलको १५औँ मिनेटमा धनगढीले शुरूआती अग्रता लिएको थियो। आन्द्रेस नियाले गोलरक्षक एन्जल श्रेष्ठलाई हेडरमार्फत् दिएको फितलो पासलाई कनेक्ट गर्दै अहमद हिजाजीले फ्लिक गोल गरे।

    त्यसको एक मिनेटपछि काठमाडौँले खेलमा फर्किने अवसर गुमायो। सोखरूखको क्रसलाई धनगढीका देबेन्द्र तामाङले क्लिअर गर्ने प्रयास गरेका थिए। तर, उक्त बल माथिल्लो बारमा लागेर फर्किएको थियो। अनमार्कमा रहेका प्रशान्त अवस्तीले प्रहार गरेपनि आकासियो।

    images

    २०औँ मिनेटमा काठमाडौँका हिसुव थपलियाले रिचार्ड ओसी र आशिष चौधरीलाई बिट गर्दै गरेको प्रहार टिकेन्द्र थापाले बचाए। पहिलो हाफको थप गरिएको समयमा हिजाजीले प्रहार गरेको फितलो सट काठमाडौँका गोलरक्षक एन्जलले बचाए। योसँगै पहिलो हाफ १-० गोलमा सकियो। 

    ५३औँ मिनेटमा काठमाडौँले खेलमा फर्किने अर्को अवसर गुमायो। सोखरुखले प्रहार गरेको बललाई टिकेन्द्रले पञ्च गर्दै बचाए। खेलको ६२औँ मिनेटमा आशिषले दिएको एअर बललाई नियन्त्रणमा लिँदै फोडे फोफनाले हेडर गरेपनि एन्जलले बचाए। 

    ६६औँ मिनेटमा काठमाडौँ खेलमा फर्कियो। तोजिडिनोभ कोमिवनले प्रहार गरेको फ्रिकक बललाई किङ्ग्यु ओलिभरले हेडर गर्दै काठमाडौँलाई खेलमा फर्काए।

    ८०औँ मिनेटमा धनगढीका हिजाजीले अग्रता लिने मौका गुमाए। रामचन्द्र वाजीले दिएको बललाई अफसाइड बिट गर्दै गरेको प्रहार आकासियो। 

  • सम्बन्धित विषय:

  • # फुटबल