शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल सुपर लिग : इलामको सान्त्वना जित, ललितपुलाई प्लेअफ पुग्न दबाब थपियो

एक्सप्रेस पाना
पौष ३, २०८० मंगलबार
  • 325
    SHARES
  • नेपाल सुपर लिग : इलामको सान्त्वना जित, ललितपुलाई प्लेअफ पुग्न दबाब थपियो

    काठमाडौं, पुस ३ । नवप्रवेशी टोली स्पोर्टिङ इलाम एफसी डी मेचीले सान्त्वना जित हासिल गर्दै दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्त्य गरेको छ। 

    images

    त्रिपुरेश्वस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा ललितपुर सिटी एफसीलाई १-० गोलअन्तरले पराजित गर्दै इलामले यो सिजनको लिग अन्त्य गरेको हो।

    इलामको जितमा फोडे कामराले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो। खेलको ५९औँ मिनेटमा ललितपुरका डिफेन्डर करिब ओमोलाजाले खुट्टाबाट बल खोस्दै उनले पेनाल्टी बक्सबाट सहजै गोल गरे।

    images

    यो जितसँगै इलामले ८ खेलबाट २ जित हात पारेको छ। २ बराबरी र ४ हारसहित इलाम ८ अंक जोड्दै पाँचौँ स्थानमा उक्लिएको छ। यता, पराजित ललितपुरले प्लेअफमा स्थान बनाउन बाँकी एक खेलमा जित्नै पर्ने दबाब बढेको छ। ७ खेलबाट २ जित, ४ बराबरी र एक हारसहित १० अंक जोड्दै ललितपुर तेस्रो स्थानमा यथावत् रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल