चौतारा, पुस ३ । प्रथम प्रविण घले स्मृति कप तथा मुग लि:ल ल्होसार खुला ७ ए साइड फुटबल प्रतियोगिता पुसको अन्तिम साताबाट शुरू हुने भएको छ।
आयोजक लिल फुङ घले समाज सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अनुसार प्रतियोगिता पुस २४ गतेदेखि आयोजना हुने भएको हो। प्रतियोगिता माघ १ गतेसम्म आयोजना हुनेछ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार १५१ र उपविजेता ७५ हजार ५५५ ट्रफी मेडल पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको वेस्ट गोलकिपर, वेस्ट डिफेन्स, वेस्ट मिडफिल्डर, वेस्ट प्लेयर र सर्वाधिक गोलकर्ताले नगदसहित ट्रफी पाउने छन्।

प्रतियोगितामा सहभागी जनाउने टोलीले पुस २१ गतेसम्ममा आफ्नो टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ। टोली दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ तोकिएको छ। प्रतियोगिताका सबै खेल सिन्धुपाल्चोक चौतारास्थित टुँडिखेल मैदानमा हुनेछ।
तस्बिर: अनिल थापा



