शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल सुपर लिग: बुटवलाई हराउँदै पोखरा प्लेअफमा

एक्सप्रेस पाना
पौष ३, २०८० मंगलबार
  • 262
    SHARES
  • नेपाल सुपर लिग: बुटवलाई हराउँदै पोखरा प्लेअफमा

    काठमाडौं, पुष ३ । अन्तिम समयमा गोल बेहारेपछि बुटवल लुम्बिनीले मंगलबार पोखरा थन्डर्ससँग १-० को हार बेहोर्दै जारी नेपाल सुपर लिग(एनएसएल) मा प्लेअफ सम्भावना जीवन्त राख्न असफल भएको छ।

    images

    दशरथ रंगशालामा मंगलबारको दोस्रो खेलमा बुटवलले इन्जुरी समयमा गोल बेहोरेको हो। योसँगै पोखरा सात खेलबाट १४ अंक बटुल्दै शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। साथै यो नतिजासँगै पोखराले शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायरको सम्भावना पनि बलियो पा¥यो।

    यता, हारसँगै बुटवल लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर बन्यो। सातौं स्थानको बुटवलको सात खेलबाट सात अंक छ। आठौं खेलबाट स्पोर्टिङ इलाम ८ अंकसहित पाँचौं स्थानमा र ६ खेलबाट सात अंक नै जोडेको झापा छैटौं स्थानमा छन्। झापाको दुई खेल बाँकी र चौथो स्थानको काठमाडौं ६ खेलबाट ९ अंक रहेकाले बुटवलको प्लेअफ यात्रा कठिन बनेको हो।

    images

    त्यसअघि खेलको छैटौं मिनेटमा बुटवल लुम्बिनीका एरिक बिष्टको फ्रिकिक पोखराका गोलकिर प्रिसोका खासै चुनौती बनेन। तीन मिनेटपछि नै जिलेस्पीजंग कार्कीको सट दोस्रो कर्नरमा लागेर बाहिरिँदा बुटवलको अग्रता लिने दोस्रो प्रयास सफल भएन। बुटवलका स्टेफन बिनोङले २१औं मिनेटमा गोल गर्ने अवसर खेर फाले। जितेश गुरुङको पासमा बिनोङ हेडर पोस्टको दिशा लिन सकेन। पोखराले २५औं मिनेटमा पहिलो अवसर बनायो । सुरज ज्यु ठकुरीको फ्रिकिक बललाई फ्रान्कलिन टेल्लाको हेडर सफल हुन सकेन।

    पहिलो हाफको थप समय दीपेश आले मगरले पेनाल्टी बक्स बाहिरबाट गरेको सट बुटवलका गोलकिपर मोहमोडुले सहजै रोके। लगत्तै स्टेफन पापा कोजोले बुटवलको गोलकिपर मोहमोडु अगाडि बढेको अवस्थामा गोल गर्न असफल रहे। पहिलो हाफमा गोलरहित बराबरीमै रोकियो । बुटवलका जिलेस्पीजंगको ४९औं मिनेटमा गरेको सट पोखराका गोलकिपर प्रिसो सहजै नियन्त्रणमा लिए। पोखराका मोसेस ग्याबा तुम ५५औं मिनेटमा आफ्नो टोलीलाई अग्रता दिलाउन उत्कृष्ट अवसर सदुपयोग गर्न असफल रहे।

    आयुष घलानको कर्नर प्रहारमा बुटवलका गोलकिपर मोहमोडुको हातबाट फुत्किएको बलमा उनी नजिकैबाट हेडर गोल गर्न चुकेका हुन्। पोखराका सञ्जीव विष्ट बुटवलका मोहमोडुसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न सफल भएनन्। आयुष घलानको उत्कृष्ट फ्लिक पास नियन्त्रणमा लिँदै सञ्जीवको सट मोहमोडुले डाइभिङ गर्दै खुट्टाले रोके। बुटवलले ७४औं मिनेटमा पाएको फ्रिकिकमा कप्तान एरिक विष्ट असफल रहे। पोखराका कप्तान दिनेश राजवंशीले आशिष लामालाई लडाएपछि पाएको थियो।

    तर, फ्रिकिकमा गोल गर्ने राम्रो क्षमता भएका एरिकको प्रहार सफल हुन सकेन। केही समयपछि उनले २२ यार्डबाट अर्को अवसर पाए पनि एरिकले सफलता पाएनन्। पोखराका जोइ आइडुको ८६औं मिनेटमा सशक्त प्रहार बुटवलका गोलकिपर मोहमोडुले पन्च गर्दै बाहिर पठाइदिए। आइडुले करिब ३२ यार्डबाट गरेको सशक्त प्रहार मोहमोडुले उत्कृष्ट बचाउ गरेका हुन्। तर, इन्जुरी समयको पहिलो मिनेटमा नै मोसेसको गोलबाट पोखराले अग्रता लियो । काउन्ट अट्याकमा आयुष घलानको उत्कृष्ट थ्रु बल नियन्त्रणमा लिँदै मोसेसले पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै गोल गरेका हुन्। त्यसपछि थप गोल हुन नसक्दा पोखराले बुटवलमाथि साँघुरो जित निकाल्यो।  

  • सम्बन्धित विषय:

  • # फुटबल