शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मिचेल स्टार्क बने आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी 

एक्सप्रेस पाना
पौष ३, २०८० मंगलबार
  • 346
    SHARES
  • मिचेल स्टार्क बने आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी 

    अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन्। दुबईमा भएको मिनी अक्सनमा उनलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारूमा किनेको हो। 

    images

    २ करोड भारू आधार मूल्य राखेका स्टार्कका लागि मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सले प्रारम्भिक बोली लगाएका थिए। दिल्लीले ९ करोड ६० लाख र मुम्बईले १० करोडसम्म बोली लगायो। त्यहाँबाट गुजरात टाइटन्स र कोलकाताले उनीमाथि बोली लगाएका थिए। अन्ततः कोलकाताले उनलाई २४ करोड ७५ लाखमा भित्र्याउन सफल भयो। उनले आईपीएलका २७ इनिङ्समा ३४ विकेट लिएका छन्। अन्तर्राष्ट्रिय करिअरको अन्त्यतिर रहेका विश्वविजेता स्टार्क आठ वर्षको अन्तरालपछि आईपीएलमा फर्किएका हुन्।

    उनले सन् २०१४ मा रोयल च्यालेन्जर्स बैंग्लोरर्फत् आईपीएलमा डेब्यू गरेका थिए। उक्त सिजन उनले १४ इनिङ्समा १४ विकेट लिएका थिए। मंगलबारको अक्सनमा अस्ट्रेलियाली कप्तान प्याट कमिन्स २० करोड ५० लाख भारूमा बिक्री भएका सर्वाधिक महँगा खेलाडीको रेकर्ड बनाएका थिए। उनलाई सनराइजर्स हैदरावादले किनेको थियो। तर, केही घन्टापछि नै स्टार्कले उक्त रेकर्ड ब्रेक गरेका हुन्।

    images

    कमिन्सका लागि चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले प्रारम्भिक बोली लगाएको थियो। मुम्बईले २ करोडको आधार मूल्यबाट शुरू गरेको थियो। तर,  मुम्बईले ५ करोडभन्दा बढी खर्च गर्न चाहेन। त्यहाँबाट बैंग्लोर र चेन्नईले बोली लगाए। चेन्नईले १० करोड रुपैयाँसम्मको बोली लगायो। बैंग्लोर र हैदरावादले २० करोड रुपैयाँसम्मको बोली लगाए। अन्ततः हैदरावाद उनलाई भित्र्याउन सफल भयो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट