शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल सुपर लिग: विलियामको ह्याट्रिकमा वीरगञ्जको शानदार जित

एक्सप्रेस पाना
पौष ५, २०८० बिहीबार
  • 258
    SHARES
  • नेपाल सुपर लिग: विलियामको ह्याट्रिकमा वीरगञ्जको शानदार जित

    काठमाडौं, पुस ५ । विलियम ओपोकुले सिजनको पहिलो ह्याट्रिक गर्दा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सविरुद्ध वीरगञ्ज युनाइटेडले शानदार जित निकालेको छ।

    images

    बिहिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा वीरगञ्जले काठमाडौंलाई ४-१ गोलअन्तरले पराजित गरेको हो।

    यो जितसंगै वीरगञ्जले जारी सिजन ७ खेलमा ८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ। साथै उसको प्लेअफको सम्भावना पनि कायमा रहेको छ।

    images

    उता पराजित भएपनि काठमाडौंको प्लेअफमा पुग्ने सम्भावना कायमै रहेको छ। समान खेलमा ९ अंक जोडेको काठमाडौं तालिकाको पाँचौं स्थानमा रहेको छ।

    खेलको २१औँ मिनेटमा काठमाडौंका लागी निक्वेन्जे जुनिजरले उत्क्रिष्ट काउन्टर अट्याक गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

    वीरगञ्जले प्रहार गरेको कर्नर किकमा काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले बललाई आफ्नो पक्षमा राख्दै काउन्टर अट्याकको मुभ बनाइदिएका थिए। उत्त बललाई काठमाडौंका तोजिन्दोभ कोमिवोनले अगाडी बढाउदै हिसुप थपलियालाई क्रस दिएका थिए। त्यसपछि हिसुपको पासमा जुनियरले गोल पोष्ठको जालि चुमाउन सफल भए।

    ३८औं मिनेटमा हिसुप थपलियालाई डिवक्स आफ्नो डिवक्सभित्र विरगन्जका डिफेन्डले लडाएपछि काठमाडौंले पेनाल्टी प्राप्त गर्यो। तर काठमाडौंका सोखरुख एमले पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि टोलिको अग्रता दोब्बर बनाउन चुके। उनको प्रहारलाई वीरगञ्जका गोलकिपर तथा कप्तान दिप कार्कीले उत्कृष्ट बचाउ गरिदिए।

    त्यसपछि पहिलो हाफको इन्जुरी समयमा वीरगञ्जका सुसिल लामाले प्रहार गरेको बललाई काठमाडौंका खेलाडी हातले छोएपछि विरगन्जले पेनाल्टी प्राप्त गर्यो। जसलाई विलियाम ओपकुले सहज रुपमा गोलमा परिणत गर्दै टोलीलाई १-१ गोलको बराबरिमा फर्काए।

    दोस्रो हाफको पहिलो मिनेटमै अट्याकिंग मुभ बनाएको वीरगञ्जले ओबेड ओसुवुको असिस्टमा सुनिल खड्काले गोल गर्दै खेलमा २-१ को अग्रता दिलाए। खड्का दोस्रो हाफमा बिसोंग गुरुङगको स्थानमा मैदान प्रवेश गरेका थिए।

    त्यस्तै ५६औं मिनेटमा शुसिल लामाको कर्नर किकमा विलियामले हेडिङग मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ३-१ गोलको अग्रतामा पुर्याए।

    त्यसको एक मिनेट बित्न नपाउदै शुसिल लामाकै असिस्टमा विलियामले नै गोल गर्दै जारी लिगमा पहिलो ह्याट्रिक आफ्नो नाममा लेखाउदै विरगन्जलाई ४-१ गोलको अग्रतामा पुर्याउदा टिमको जित सुनिश्चित गराए।

    अब काठमाडौंले अन्तिम खेलमा ललितपुर सिटी एफसीविरुद्ध खेल्दा वीरगञ्जले बुटवल लुम्बिनीसँग खेल्नेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल