काठमाडौं, पुस ५ । लुम्बिनी प्रदेश र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेका छन्। बिहीबार सम्पन्न खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको हो।
अर्को खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो।
गण्डकीले दिएको १०३ रनको लक्ष्य पाएको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।
लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले सर्वाधिक ४२ रन बनाइन्। उनले ४४ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्।
यस्तै, आश्मा पुलामी मगर २, सरस्वती जिएम १२, सरस्वती पुन ७, रन्जु श्रेष्ठ ६ र मधु डिसी ३ रनमा आउट भइन्। सुस्मिता बजागाई ७ र कमला जिएम १ रनमा नट आउट रहिन्।
यता गण्डकीका लागि सृष्टी पौडेल ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन्। सुमन खतिवडा र सुसुम गोदारले १/१ विकेट लिइन्।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०२ रन बनाएको थियो।
गण्डकीको लागि सुमन खतिवडा १८ बलमा ५ चौकासहित ३३ रनमा नट आउट रहिन्। ओपनर अन्जली विश्वकर्मा ५१ बलमा ४ चौकासहित ३० रनमा रिटायर्ड हर्ट भइन्। उनि १५औं ओभरमा अन्जली रिटायर्ड हुँदा गण्डकी ५९-२ को अवस्थामा थियो।
गण्डकीलाई ओपनर सृर्जना पौडेल र अन्जली विश्वकर्माले ७.५ ओभरमा ४१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए। सृर्जना २३ बलमा ३ चौकासहित १९ रनमा आउट भइन्।
सीमना केसी २ र ज्योत्स्निका मरासिनी ५ रनमा आउट भइन्। यता, लुम्बिनीको लागि मधु डिसी, सरस्वती पुन र कमला जिएमले समान १ विकेट लिइन्।
कर्णालीको ३३ रन
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै ३३ रन बनाएको थियो। कर्णालीको लागि ओपनर किरण कुँवरले ९, बिना थापा र राक्षी खड्काले ८-८ रन बनाइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोडन सकिनन्।
यता, कर्णालीलाई सस्तोमै रोक्न कोशीकी अप्सरी बेगमले ३ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन्। एलिसा खडियाले २, सबनम राइ, निशा शाह र रुविना क्षेत्रीले १/१ विकेट लिइन्।
जितको लागि सामान्य ३४ रनको विजयी लक्ष्य पछ्याएको कोशीले ३.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। कोशीको जितमा कप्तान रुविना क्षेत्री १७ बलमा ६ चौकासहित २५ रनमा नट आउट रहिन्। यस्तै, काजोल श्रेष्ठ ५ रनमा नट आउट रहिन्।
प्रधानमन्त्री कपमा ७ प्रदेश र एपिएफ सहभागी छन्। राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष चार टोली प्लेअफ पुग्नेछन्।
अंक तालिका:




