शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नयाँ ढङ्गले धक्का दिएर क्रम भङ्ग गर्दैछु- प्रधानमन्त्री प्रचण्ड

एक्सप्रेस पाना
पौष ६, २०८० शुक्रबार
  • 318
    SHARES
  • नयाँ ढङ्गले धक्का दिएर क्रम भङ्ग गर्दैछु- प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ, पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालको एक वर्ष पूरा भएपछि नयाँ ढङ्गले धक्का दिने गरी अघि बढ्ने बताएका छन्।

    images

    शुक्रवार बिहान सुनसरीको भोक्राहा नरसिंहस्थित इनरुवा सबस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अब नयाँ ढङ्गले धक्का दिएर क्रम भङ्ग गर्ने बताएका हुन्। उनले भने- 'एक वर्ष पूरा भएपछि नयाँ ढङ्गले धक्का दिएर क्रम भङ्ग गर्दैछु।'  

    उनले देशमा निराशाकै खेती गर्ने र त्यसको मात्र चर्चा चलिरहेका बेला विद्यूत सबस्टेशनको सञ्चालन विद्यूत विस्तार र आपूर्तिमा नयाँ आशा जगाएको र रक्त सञ्चारको प्रभाव भएको पनि बताए। ‘हामीले आत्मविश्वास जगाउने काम सुरु गरेका छौं’, प्रधानमन्त्री दाहालले भने।

    images

    उनले एक/डेढ वर्ष भित्रमा नेपालमा सम्पूर्ण रूपले उज्यालो हुने दाबी पनि गरे। ‘अहिले विद्यूत ९८ प्रतिशत जनतामा पुगेको छ। एक डेढ वर्ष पनि शतप्रतिशतमा पुर्‍याउने लक्ष्य लिएका छौं’, प्रधानमन्त्री दाहालले भने।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड