शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप: कोशीको लगातार दोस्रो जित

एक्सप्रेस पाना
पौष ६, २०८० शुक्रबार
  • 319
    SHARES
  • प्रधानमन्त्री कप: कोशीको लगातार दोस्रो जित

    काठमाडौं, पुस ६ । बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै कोशी प्रदेशले प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेटमा दोस्रो जित हात पारेको छ।

    images

    शुक्रबार त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको ८७ रनको विजयी लक्ष्य कोशीले १८.१ ओभरमा २ विकेट गुमाएर पुरागर्यो। यो सँगै कोशीले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा ४ अंक जोडेको छ। यसअघि कोशीले यस प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशलाई बिहिवार १० विकेटले पराजित गरेको थियो। बागमतीले भने आफ्नो पहिलो खेलमा मदेश प्रदेशलाई बिहिवार २८ रनले पराजित गरेको थियो।

    बागमतीविरुद्ध कोशीको जितमा ओपनर काजले श्रेष्ठ र अप्सरी बेगमले समान ४१ रनको महत्वपूर्ण पारी खेलीन्। काजलले ५१ बलमा १ छक्का र ३ चौकासहित ४१ रनमा नटआउट रहिन् भने अप्सरीले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरी आउट भइन्। 

    images

    यस्तै अर्की ओपनर तथा कप्तान रुविना क्षेत्रीलाई २ रनमा गुमाएको थियो। कप्तान रुविना दोस्रो ओभरको तेस्रो बलमा संस्कृति फुयाँलको बलमा बोल्ड आउट भइन्। उनि आउट हुँदा कोशीको स्कोर ४ रन मात्रै थियो। त्यसपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी अप्सरी बेगमले काजलसँग दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

    अप्सरी १७ ओभरको अन्तिम बलमा आउट भइन्। उनि सोनी पाख्रिनको बलमा एशोधाको हातबाट क्याच आउट भइन्। त्यसपछि १८औँ ओभरको पहिलो बलमा काजलले छक्का प्रहार गर्दै कोशी प्रदेशलाई जित दिलाइन्। उनले जितका लागि १ रन चाहिएको अबस्थामा छक्का प्रहार गरेकि हुन्।

    यता, बागमतीका लागि संस्कृति फुयाँल र सोनी पाख्रिन समान १ विकेट लिइन्। 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ सुरु गरेको बागतमी प्रदेशले निर्धारित २० ओभरमा ८  विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो। 

    बागमतीका लागि यशोदा बिष्टले सर्वाधिक ४१ रन बनाईन्। उनले ५४ बलमा ४ चौका प्रहार गर्दै अप्सरी बेगमको बलमा आउट भइन्। 

    अस्मिना कर्माचार्य २४ बलमा २४ रन बनाउँदै रन आउट भइन्। कञ्चन श्रेष्ठ ८ रन, खुशी डंगोल ३, सोनी पाख्रीन ३ र सलिना सिल्वालले २ रन जोडिन्। 

    यता बागमतीलाई सस्तै रनमा रोक्न कोशीका लागि अप्सरी बेगम र सबनम राईले समान २ विकेट लिइन् भने संगिता राईको नाममा एक विकेट रह्यो।

    कोशीले यस प्रतियोगिताको आफ्नो तेस्रो खेलमा आइतबार त्रिवि क्रिकेट मौदानमै प्रदेश प्रदेशसँग खेल्नेछ भने बागमतीले आइतबार नै गण्डकी प्रदेशसाग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # प्रधानमन्त्री कप