काठमाडौं, पुस ६ । कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै गण्डकी प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप टि२० रािष्ट्रय महिला क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ।
शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको १४१ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभमरमा ६ विकेट गुमाएर ९७ रन बनायो। यो सँगै गण्डकीले पहिलो जित निकालेको हो भने कर्णालीको लगातार दोस्रो हार हो।
कर्णालीका गौरी बोहराले सर्वाधिक २६ रन बनाइन्। यमुना थारुले २१ र तिर्सना विश्वकर्माले १९ रन बनाए। गण्डकीका रचना चौधरीले २ तथा सुमन खतिवडा र ज्योत्स्निका मरासिनीले १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको थियो।
गण्डकीका अञ्जली विश्वकर्माले सर्वाधिक ५१ रन बनाइन्। ज्योत्स्निका मरासिनीले ५० रनको योगदान दिइन्। कर्णालीका यमुना थारु र अन्जु गुरुङले २/२ विकेट लिए।



