शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल सुपर लिग: शीर्ष स्थानमा रहँदै पोखराले टुंग्यायो लिग चरणका खेल

एक्सप्रेस पाना
पौष ६, २०८० शुक्रबार
  • 278
    SHARES
  • नेपाल सुपर लिग: शीर्ष स्थानमा रहँदै पोखराले टुंग्यायो लिग चरणका खेल

    काठमाडौँ, पुस ६ । पोखरा थन्डर्सले अंक तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिग (एनएसएल)को लिग चरण सक्काएको छ। 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा प्लेअफ पुगिसकेको पोखराले धनगढी एफसीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। यो एक अंकसहित पोखराले ८ खेलमा ४ जित, ३ बराबरी र १ हारसहित १५ अंक बनायो। पोखरा लिग चरणमा साविक विजेता काठमाडौँ रेजर्ससँग २-१ गोलअन्तरले पराजित भएको थियो। झापा (१-१) र ललितपुर सिटी एफसी (गोलरहित)सँग भने अंक बाँडेको थियो। 

    पोखराविरुद्ध धनगढीले शुरूआती अग्रता लिएको थियो। धनगढीका ओलावाले अफिजले दिएको पासलाई सदुपयोग गर्दै मिलन राईले खेलको ४२औँ मिनेटमा गोल गरेका थिए। 

    images

    तर, दोस्रो हाफको अन्तिम समयमा पोखरा खेलमा फर्कियो। मनोज राईले आयुष घलानलाई फउल गरेपछि पोखराले फ्रिकिक प्राप्त गरेको थियो। सुरजज्यू ठकुरीले प्रहार गरेको उक्त फ्रिकिक बललाई घानाका स्ट्राइकर मोसेस ग्याबा ट्वुमले धनगढीका गोलरक्षक मोहम्मद थाहाले पञ्च गर्न नसकेको बललाई गोलमा परिणत गरे।

    अंक बाँडेपनि धनगढीका शीर्ष चारमा रहेर प्लेअफ पुगेको छ। धनगढीको ८ खेलमा ३ जित, ४ बराबरी र १ हारसहित १३ अंक बनायो। साँझ ५ बजे हुने झापा एफसी र एफसी चितवनबीचको दिनको दोस्रो खेलले धनगढीको स्थान तय हुनेछ। प्लेअफ पुग्न उक्त खेलमा झापालाई जितको आवश्यक छ। चितवन भने प्रतियोगिताबाट बाहिरिसकेको छ।

    झापाको ७ खेलमा १० अंक रहेको छ। एक खेल खेल्न बाँकी रहेको ललितपुरको १० र काठमाडौँको ९ अंक रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल