शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप: सुदूरको पहिलो जित, एपिएफको लगातार दोस्रो जित

एक्सप्रेस पाना
पौष ६, २०८० शुक्रबार
  • 446
    SHARES
  • प्रधानमन्त्री कप: सुदूरको पहिलो जित, एपिएफको लगातार दोस्रो जित

    काठमाडौं, पुस ६ । लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। यस्तै अर्को खेलमा विभागीय टोली शसस्त्र प्रहरी बलको महिला क्रिकेट टोलीले मधेश प्रदेशमाथि १० विकेटको सानदार जित निकालेको छ।

    images

    लुम्बिनीले दिएको ७२ रनको लक्ष्य सुदूरले ९.५ ओभरमा मात्रै १ विकेट गुमाएर पूरा गर्यो। सुदूरको जितमा कविता जैशीले सर्वाधिक २४ रन बनाइन्। उनले १२ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा अविजित रहिन्। ओपनर रेवती धामी १७ रनमा आउट भइन् भने अर्की ओपनर रुवि पोद्दार २२ बलमा १ चौकासहित १४ रनमा अविजित रहँदै सुदूरलाई पहिलो जित दिलाइन्। लुम्बिनीकी मन्दु डिसिको नाममा १ विकेट रह्यो।

    यसअघि पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो।

    images

    लुम्बिनीकी सरस्वती पुनले सर्वाधिक १९ रन बनाइन्। उनले ३० बलमा ३ चौका प्रहार गरिन्।

    आश्मा पुलामी मगर १६ र सुस्मा बजगाईँ १४ रनमा आउट हुँदा अन्यको प्रदर्शन निराशाजनक रह्यो। सुदुरपश्चिमकी लक्ष्मी साउदले २ विकेट लिइन्।

    ईश्वरी विष्ट, अनु कठायत र रितु कनौजियाले १/१ विकेट लिइन्। जितसँगै सुदूरपश्चिम २ अंकसहित तेस्रो स्थानमा पुगेको छ। यता, गण्डकीलाई पहिलो खेलमा ४ विकेटले पराजित गरेको लुम्बिनीको समान २ अंक रहेको छ। लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा छ।

    एपिएफको लगातार दोस्रो जित
    विभागीय टोली शसस्त्र प्रहरी बलको महिला टोलीले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि १० विकेटको सानदार जित निकालेको छ।

    जारी प्रतियोगितामा लगातार दोस्रो जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ। यता, दुवै खेलमा पराजय ब्यहोरेको मधेश अंकविहिन छ।

    शुक्रबार त्रिवि क्रिकेट मैदानमा मधेशले दिएको ४१ रनको एपिएफले ५.५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो । एपिएफका लागि कप्तान सीता राना मगरले १९ र ज्योति पाण्डेले १६ रन बनाए।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ४० रनको योगफल तयार पारेको थियो। मधेशका लागि प्रतिमा शाहले १५ रन बनाउनु बाहेर अन्य ब्याटरदले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    मधेशलाई कम स्कोरमा रोक्न एपिएफका लागि सीता राना मगरले ३, रेखा रावल र सुमन विष्टले समान २ तथा इन्दु वर्माले १ विकेट लिए। पहिलो खेलमा एपिएफले सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दा मधेश बागमतीसँग २८ रनले पराजित भएको थियो। 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # प्रधानमन्त्री कप