शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल सुपर लिग: लुम्बिनीसँग पराजित वीरगञ्जको प्लेअफको सम्भावना सकियो

एक्सप्रेस पाना
पौष ७, २०८० शनिबार
  • 263
    SHARES
  • नेपाल सुपर लिग: लुम्बिनीसँग पराजित वीरगञ्जको प्लेअफको सम्भावना सकियो

    काठमाडौं, पुस ७ । इन्जुरी समयमा गोल व्यहोर्दै वीरगञ्ज युनाइटेड एफसी यस सिजनको नेपाल सुपर लिग (एनएसएल) को प्लेअफको सम्भावना सकिएको छ।

    images

    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सम्पन्न खेलमा एफसी बुटवल लुम्बिनीले विरगन्ज युनाइटेड एफसीलाई १-० ले पराजित गरेको हो।

    बुटवलको जितमा चन्दन दासले गरेको एक गोल नै निर्णायक बन्यो। यो हारसँगै वीरगन्जको फ्लेअफमा पुग्ने मौका गुमाएको हो।

    images

    यता, लुम्बिनीले सान्त्वना जित निकाल्दै ८ खेलबाट १० जोड्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। लुम्बिनीले यस सिजन ८ खेलमा ३ जित १ बराबरी र ४ हार व्यहोर्नुपरेको छ। पहिलोपटक सहभागीता जनाएको वीरगञ्जले ८ खेलमा २ जित २ बराबरी र ४ हार व्यहोर्दै ८ अंकसहित आठौं स्थानमा रहेर यश सिजन अन्त्य गर्यो।

    खेलको ३६औं मिनेटमा बुटवलका कप्तान एरिक विष्टले डिवक्स बाहिरबाट प्रहार गरेको बललाई वीरगन्जका गोलकिपर दीप कार्कीले राम्रो बचाउ गरिदिएका थिए।

    खेलको ५३औं मिनेटमा बुटवलका एरिक विष्टको पासमा डिबक्सभित्रबाट आशिष लामा गरेको प्रहार गोल पोष्टमा लागेर फर्किएको थियो।

    त्यसलगतै ५४औं मिनेटमा वीरगन्जका सुनिल खड्काले गरेको प्रहार गर्को बल पनि बुटवलको पोष्टमा लागेर फर्किएको थियो।

    ६६औं मिनेटमा वीरगन्जका विलियम ओपोकुले डिबक्स बाहिरबाट प्रहार गरेको राम्रो सटलाई मोहामोदुले बचाएका थिए।

    दोस्रो हाफको इन्जुरी समसमा अट्याकमा आएको बुटवलका लागी चन्दन दासले गोल गरे। उनले एरिक विष्टले दिएको असिस्टमा गोल गरेका हुन्।

  • सम्बन्धित विषय:

  • # फुटबल