शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल सुपर लिग: ललितपुरलाई पराजित गर्दै काठमाडौं प्लेअफमा

एक्सप्रेस पाना
पौष ७, २०८० शनिबार
  • 330
    SHARES
  • नेपाल सुपर लिग: ललितपुरलाई पराजित गर्दै काठमाडौं प्लेअफमा

    काठमाडौं, पुस ७ । ललितपुर सिटी एफसीलाई पराजित गर्दै साविकको विजेता काठमाडौं रेजर्स नेपाल सुपर सिल (एनएसएल) को प्लेअफमा पुगेको छ। 

    images

    शनिबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले ललितपुरलाई १-० गोलले पराजित गरेको हो। 

    जितसँगै काठमाडौं तेस्रो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको छ। काठमाडौंको ८ खेलबाट १२ अंक भएको छ। यता, पराजित ललितपुर पनि चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ। 

    images

    ललितपुरको समान ८ खेलबाट १० अंक रहेको छ। योसँगै जारी सिजन एनएसएलको प्लेअफको समिकरण पूरा भएको छ। काठमाडौं १५ अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरिसकेको छ भने धनगढी १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरिसकेको छ। 

    काठमाडौंको जितमा पहिलो हाफको इन्जरी समयमा काठमाडौंका लागि आन्द्रेज नियाले हेडिङमार्फत गोल गरे। उनले तोजिनोभ कोमुवोनको पसमा गोल गरेका हन्। यो गोल नै काठमाडौंलाई प्लेअफमा पुग्नको लागि निर्णायक बन्यो।

    तुलनात्मक रुपमा दुुबै टोलीले पहिलो हाफमा फितलो प्रदर्शन तरेका थिए।

    ६२औँ मिनेटमा ललितपुरका पापा केबेले पेनाल्टी एरियाबाट गरेको प्रहार काठमाडौंका गोलरक्षक अन्जल श्रेष्ठले क्लियर गरि दिए। काठमाडौंका तीन डिफेन्डरलाई पिट गरि केबेले गरेको प्रहारमा गोल नहुँदा ललितपुरले खेलमा बराबरी गोल गर्ने मौका गुमायो। 

    ७५औँ मिनेटमा काठमाडौंँ १० खेलाडीमा सिमित बन्यो। काठमाडौंका अमृत तामाङले रातो कार्ड व्यहोर्दै बाहिरिएका थिए। उनले ललितपुरका निखिल कदमलाई फल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले फोर्थ अफिसियल राम दासाको सायतामा रातो कार्ड दिएका हुन्। 

    खेलमा बारम्बार आक्रमक बनेको ८३औँ मिनेटमा ललितपुरले अर्को मौका गुमायो। उसका लागि इमोन इचखेलले गरेको भलि प्रहार बाँया पोष्ट नजिकैबाट बाहिरियो। त्यस लगतै फेरि इमोनले डिबक्सबाट दिएको पास आदित्य शाक्यले सदुपयोग गर्न सकेनन्। 

    पहिलो हाफको तुलनामा ललितपुरले दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको थियो। तर सफल भने हुन् सकेन।

     

  • सम्बन्धित विषय:

  • # फुटबल