शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप : एपीएफ र कोशी प्रदेशको लगातार तेस्रो जित

एक्सप्रेस पाना
पौष ८, २०८० आइतबार
  • 308
    SHARES
  • प्रधानमन्त्री कप : एपीएफ र कोशी प्रदेशको लगातार तेस्रो जित

    विभागीय टोली एपीएफ र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेका छन्। आइतबार सम्पन्न दिनको पहिलो खेलमा एपीएफले लुम्बिनी प्रदेश र कोशीले मधेशलाई पराजित गरेका हुन्। 

    images

    मूलपानी मैदानमा भएको खेलमा एपीएफले मधेशलाई ९० रनले पराजित गर्‍यो। १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रन मात्रै बनाउन सक्यो। लुम्बिनी ओपनर लक्ष्मी चौधरीले २८ रन बनाउनुबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेन्।

    एपीएफकी इन्दु बर्माले ३ विकेट लिइन्। बिन्दु बूढाले २ विकेट लिँदा रेखा रावल, करुना भण्डारी र सीता रानामगरको नाममा १/१ विकेट रह्यो। त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनायो। 

    images

    एपीएफकी इन्दु बर्माले सर्वाधिक ७० रन बनाइन्। उनी अविजित रहिन्। ओपनर ममता चौधरीले ५९ रन बनाउँदा कप्तान सीता रानामगर ९ र राजमत्ति ऐरी २ रनमा आउट भइन्। 

    रोमा थापा ३ रनमा अविजित रहिन्। लुम्बिनीकी सर्मिला रोक्का र सरस्वती पुनले १/१ विकेट लिइन्।

    कोशीको पनि फराकिलो जित
    त्रिवि क्रिकेट मैदानमा भएको अर्को खेलमा कोशीले मधेशलाई ६० रनले पराजित गर्‍यो। कोशीले दिएको १३० रनको लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रनमात्रै बनाउन सक्यो। 

    मधेशकी साना प्रविणले २७ र आरती महतोले १८ रन बनाइन्। अन्य ब्याटरको प्रदर्शन निराशाजनक रह्यो। कोशीकी सबनम राई र अलिसा खडियाले २/२ विकेट लिइन्। 

    संगिता राई र रुविना क्षेत्री बेलबासेको नाममा १/१ विकेट रह्यो। त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनायो। 

    कोशीकी ओपनर तथा कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक ५७ रन बनाइन्। 

    अप्सरा बेगमले ३९ रन बनाउँदा सबनम राई १६ रनमा अविजित रहिन्। मधेशकी  मिना महतोले २ विकेट लिइन्। पूजा महतो र सरस्वती कुमारीको नाममा १/१ विकेट रह्यो। 

    ३ खेलमा ३ जित हासिल गरेको एपीएफ र कोशीको समान ६ अंक रहेको छ। नेटरनरेटमा भने एपीएफ अगाडी रहेको छ। उसको ३.५३३ नेटरनरेट रहेको छ। कोशीको भने २.८१९ नेटरनरेट रहेको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # प्रधानमन्त्री कप