शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल सुपर लिग : दुईपटकको अग्रता उल्टाउँदै फाइन पुग्यो धनगढी 

एक्सप्रेस पाना
पौष ९, २०८० सोमबार
  • 265
    SHARES
  • नेपाल सुपर लिग : दुईपटकको अग्रता उल्टाउँदै फाइन पुग्यो धनगढी 

    काठमाडौं, पुस ९ । पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै धनगढी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा पेनाल्टी  सुटआउटमा पोखरालाई ४-३ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेको हो। धनगढी गत सिजनको उपविजेता हो।

    निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलका थिए। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो। 

    images

    धनगढी दुई पटक पछि परेको अवस्थालाई बराबरीमा ल्याउँदै पेनाल्टीमा बाजि मार्यो। पेनाल्टीमा धनगढीका लागि रिर्जड ओसि, फोडे फोफना, आशिष चौधरी र देवेन्द्र तामाङले गोल गरे। मोहम्मद हिजाजी भाने गोल गर्न चुके। 

    पोखराका दिनेश राजवंशी, अन्जल मर्हजन र सुरजज्यू ठकुरीले गोल गरे। आयुष घलान भने पेनाल्टीमा चुके।

    अग्रता जोगाउन नसकेको पोखरा
    त्यसअघि पोखराका आयुष घलान र स्टेफेन कोजो पापाले गोल गरे। धनगढीका लागि कप्तान देवेन्द्र तामाङ र अहमद हिजाजीले गोल फर्काए।
    खेलको पाँचौ मिनेटमा आयुष घलानको गोलमा पोखराले अग्रता लिएको थियोे। मोसेस ग्याम्बोको क्रसमा मार्की खेलाडीले गोल गर्दै पोखरालाई खेलमा शुरूआती अग्रता दिलाए।

    १९औँ मिनेटमा कोजो पापाले मोसेसको पासमा डीबक्सभित्रबाट प्रहार गरेको सट गोल पोस्टको नजिकबाट बाहिरियो। २९औँ मिनेटमा धनगढीका कप्तान देवेन्द्र तामाङले डीबक्स नजिक ह्यान्ड गरेपछि पोखराले फ्रिकिक पाएको थियो। जसमा जोए आइडोले प्रहार गरेको बल पोस्टमा लागेर फर्कियो। 

    ४७औँ मिनेटमा धनगढीले खेलमा फर्किने मौका पाएको थियो। तर, पोखराकका गोलकिपर प्रिसो बाधक बने। कर्नरमा आए बललाई पोखराका डिफेन्डरले क्लिअर गर्ने क्रममा बल पोस्टको बायाँ भाग पुग्यो। उक्त बललाई धनगढीका रिर्जड ओसीले नियन्त्रणमा लिँदै दिएको पासलाई अफिज ओलावाले हेडिङ प्रहार गरेका थिए। तर, प्रिसोले शानदार बचाउ गरे।

    ५४औँ मिनेटमा देवेन्द्रले गोल गर्दै धनगढीलाई खेलमा फर्काए। उनले कमल श्रेष्ठले दिएको पासमा हेडिङमार्फत गोल गरे। ६०औँ मिनेटमा हिजाजीले नजिकैबाट हेडर गोल गर्न असफल हुँदा धनगढीले खेलमा अग्रता लिने अवसर गुमायो। 

    पोखरा ७२औँ मिनेटमा अग्रता बनाउने अवसर खेर फाल्यो। मोसेसले पेनाल्टी बक्सबाट हेडरमार्फत दिएको पासलाई डिफेन्डर फ्रान्कली टेल्लाले सदुपयोग गर्न सकेनन्। 

    ७९औँ मिनेटमा प्रिसोले उत्कृष्ट बचाउ गर्दै ओलावालेको प्रहारलाई टारे। ७३औं मिनेटमा अर्कोतर्फ ताहाले उत्कृष्ट बचाउ गर्दै आइडुको हेडरलाई विफल पारे ।

    ८१औँ मिनेटमा धनगढीले अग्रता बनाउने लगातार दुई अवसर खेरफाल्यो। त्यसपछि खेलमा दुबै टोलीले केहि राम्रो मौका पाएपनि सदुपयो नगर्दा खेल अतिरिक्त समयमा थकेलियो। 

    यसअघि लिग चरणका खेलहररू सकिएपछि पोखरा थण्डर्स १५ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो।

    जितसँगै धनगढी फाइनलमा प्रवेश गरेको छ। धनगढीले पुस १४ गते उपाधिका लागि खेल्ने छ। त्यस्तै, इलिमिनेटरमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटी खेल्ने छन्। यो खेल मंगलबार हुनेछ। यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिम पोखरासँग खेल्ने छ। दोस्रो क्वालिफायर खेल आगामी बिहिबार हुनेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल