काठमडौँ, पुस १० । मछिन्द्र फुटबल क्लब र विभागीय टोली नेपाल एपीएफ क्लब यू-१६ लिगमा जित हासिल गरेको छन्।
एन्फा मुख्यालय सातदोबाटोमा मंगलबार सम्पन्न पहिलो खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबमाथि ३-१ गोलको पुनरागमन जित हासिल गरेको हो।
पहिलो हाफ गोलहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो। मछिन्द्रको जितमा पदम तामाङ, भुपेन्द्र दहरला र राहुलकुमार योन्जनले समान १/१ गोल गरे। उता, पुलिसका राम थामीले गरेको गोल सान्त्वना बन्यो।
खेलमा पेनाल्टी गोलबाट शुरूआती अग्रता बनाएको पुलिसले उक्त अग्रता जोगाउन नसक्दा पराजय व्योहोरेको हो।
यो जितसँगै मछिन्द्रले ५ खेलबाट १० अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमै यतावत् रहेको छ। पराजित पुलिसले शीर्ष स्थानमा अग्रता बनाउने मौका खेर फाल्यो। शीर्ष स्थानको पुलिसको ६ खेलबाट ११ अंक छ।
दोस्रो खेलको एपीएफले एफसी खुमलटारलाई ४-० गोलले पराजित गरेको छ। एपीएफको जितमा डम्बरबहादुर विश्वकर्मा, विकास बोहोरा, रोहित गो्ले र दिपेश गुरुङले समान १/१ गोल गरे। एपीएफले पहिलो र दोस्रो हाफमा समान २/२ गोल गरेको हो। यो जितसँगै एपीएफले जारी प्रतियोगितामा ६ खेलबाट ११ अंक जोडेको छ।
एपीएफ दोस्रो स्थानमै यथावत् रहेको छ। पराजित खुमलटारको भने यो चौथो हार हो। खुमलटार ६ खेलबाट ६ अंकसहित तालिकाको आठौँ स्थानमा झरेको छ।
यसअघि हिजो भएको खेलमा फ्रेन्ड्स क्लले मानङ मर्स्याङदीलाई ३-२ ले पराजित गरेको थियो भने अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।



