काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलमो मद्यतमा साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिहादलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ।
गएराती सम्पन्न खेलमा अल नासरले अल इतिहादलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।
अल नासरको जित रोनाल्डोको दुई गोलसँगै साडियो मानेले पनि २ गोल गरे भने टालिस्काले एक गोल गरेका थिए। यस खेलमा २ गोल गरेसँगै क्रिस्टियानो रोनाल्डोले २०२३ मा आफ्नो गोल संख्या ५३ पुर्याएका छन्। उनि २०२३ मा रोनाल्डो सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन्।
त्यस्तै अल इत्तिहादका लागि दुवै गोल अबडेराजक हम्दल्लाहले गरेका थिए।
यो जितसँगै अल नासरको यस सिजनमा १४औं जित हो। अल नासरको १८ खेलमा ४३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा कायम रहेको छ।
त्यसैगरी अल इत्तिहादको भने यस सिजनमा यो छैटौं हार हो। यो हारपछि इत्तिहादको १८ खेलमा २८ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ।
यस खेलमा खेलको ६६औ मिनेटमा अल इत्तिहादका फाबिन्होले दोहोरो पहेलो कार्ड पाएर मैदान छोडेपछि इत्तिहाद १० खेलाडीमा सिमित भएको थियो।



