शुक्रबार, आश्विन २३ गते २०८३
images

नेपाल सुपर लिग: दोस्रो क्वालिफायरमा आज पोखरा र ललितपुर भिड्दै

एक्सप्रेस पाना
पौष १२, २०८० बिहीबार
  • 362
    SHARES
  • नेपाल सुपर लिग: दोस्रो क्वालिफायरमा आज पोखरा र ललितपुर भिड्दै

    काठमाडौँ, पुस १२ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरको खेल आज हुँदैछ। 

    images

    दोस्रो क्वालिफायरमा आज पोखरा थण्टडर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुँदै छ। यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुनेछ।

    पोखरा पहिलो क्वालिफायरमा पेनाल्टी सुटआउटमा धनगढीसँग ३-४ गोलले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो भने ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो।

    images

    यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ। यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ।

    विजेताले ७० लाख पाउने आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले जानकारी दिएको छ। अघिल्लो संस्करणको विजेताले ३५ लाख प्राप्त गरेको थियो।

    यसैगरी उपविजेता २० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सार्वेकृष्ट खेलाडी (गोल्डेन बलले) २ लाख, सर्वाधिक गोलकर्ता (गोल्डेन बुट)  र उत्कृष्ट गोलकिपर (गोल्डेन ग्लोभ)ले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

  • सम्बन्धित विषय:

  • # फुटबल