शुक्रबार, आश्विन २३ गते २०८३
images

नेपाल सुपर लिग: उपाधिका लागि धनगढी र ललितपुर भिड्दै

एक्सप्रेस पाना
पौष १४, २०८० शनिबार
  • 305
    SHARES
  • नेपाल सुपर लिग: उपाधिका लागि धनगढी र ललितपुर भिड्दै

    काठमाडौँ, पुस १४ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुँदै छ। यो खेल दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि शुरु हुनेछ।

    images

    लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

    यता, लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो।

    images

    धनगढी एफसी एनएसएलको पहिलो सिजनको उपविजेता समेत हो। २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौँ रेजर्ससँग १-० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको थियो।

    त्यस्तै ललितपुर सिटी एफसी भने पहिलो पटक फाइनलआमा पुगेको छ। यस अघि पहिलो सिजनमा ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३-० ले पराजित हुदै बाहिरिएको थियो।

    विजेताले ७० लाख पाउने आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले जानकारी दिएको छ। अघिल्लो संस्करणको विजेताले ३५ लाख प्राप्त गरेको थियो।

    यसैगरी उपविजेता २० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सार्वेकृष्ट खेलाडी (गोल्डेन बलले) २ लाख, सर्वाधिक गोलकर्ता (गोल्डेन बुट)  र उत्कृष्ट गोलकिपर (गोल्डेन ग्लोभ)ले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

  • सम्बन्धित विषय:

  • # फुटबल