काठमाडौं, पुस १४ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटी एफसीले जितेको हो।
शनिबार त्रिपुरेश्वस्थित दशरथ रंशालामा सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो। खेलमा एक शून्य गोलको अग्रता उल्ट्याउँदै ललितपुर च्याम्पियन बनेको हो।
योसँगै ललितपुर फाइनलमा पुगेको पहिलो पटकै च्याम्पियन बनेको छ भने धनगढी लगातार दोस्रो पटक उपविजेतामा सिमित बन्यो।
ललितपुरको जितमा इमोन इजेकिएलले २ र दिनेश हेम्जनले १ गोल गरे। यता धनगढीका ओलावाले र अहमद हिजाजिले गरेको गोल सान्त्वना बन्यो। पहिलो हाफ १-१ गोलको बराबरी अबस्थामा सकिएको खेलमा ललितपुरले दोस्रो हाफमा अक्रमक खेल प्रस्तुत गर्दै २ गोल गर्न सफल भयो थियो भने एक गोल खाएको थियो।
खेलमा गोलको पहिलो गोलको लागि ३८औँ मिनेट कुर्नु परेको थियो।
३८औं मिनेटमा धनगढीले अग्रता बनायो। धनगढीका लागि आफिज ओलावालेले गोल गर्दै शूरुआती अग्रता दिलाए। डिबक्बाट अहमद हिजाजि गरेको प्रहार ललितपुरका गोलकिपर जेफ्रिरि मार्सललाई लागेर फर्किएको बललाई ओलावालेले कुनै गल्ती नगरी गोल पोष्टको जालि चुमाए थियो।
यस्तै पहिलो हाफको अतिरिक्त समयमा ललितपुर खेलमा फर्कियो। ललितपुरका लागि इमोन इजेकिएलले सिधैं फ्रिकिकमा गोल गर्दै खेल १-१ गोलको बराबरी अबस्थामा ल्याए।
५०औँ मिनेटमा ललितपुरले दिनेश हेम्जनको गोलमार्फत अग्रता बनायो। आदित्य शाख्यले डिबक्बाट दिएको क्रश पासलाई दिनेशले वान टचमा सुन्दर गोल गरे।
त्यसपछि ५८औँ मिनेटमा ललितपुरले पुन खेलमा ३-१ को अग्रता बनायो। इमोन ललितपुरका लागि इमोन इजेकिएलले ओभर हेडमार्फत गोल गर्दै फाइनल खेलमा ब्यक्तिगत गोल संख्या दुई पुर्याए। इमोनले दिनेश हेम्जनले दिएको क्रश पासमा गोल गरेका हुन्।
७९औँ मिनेटमा धनगढी १० खेलाडीमा सिमित बन्यो। धनगढीका रिजार्ड ओसीले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडे।
त्यसपछि इन्जुरी समयमा धनगढीका लागि हिजाजिले गोल गर्दै खेल ३-२ को अबस्थामा ल्याउँदै खेलमा फर्काउने संकेत गरेपनि सफल भने हुन सकेनन्।
उपाधिसँगै ललितपुरले ७० लाख जितेको छ। यता पराजित धनगढीले भने २० लाखमा चित्त बुझाउनु परेको छ।



