मनाङ मर्स्याङदी यू१६ फुटबल क्लब र विभागिय टोली त्रिभुवन आर्मी यू१६ फुटबल एकेडेमी राजधानीमा जारी एन्फा यूथ १६ लिगमा विजयी भएका छन्।
मंगलबार एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न खेलमा मनाङले संकटा क्लब यू१६ लाई २-१ गोलले पराजित गरेको हो।
मनाङको जितमा दर्शन आधिकारीले दुबै गोल गरे भने संकटाका लागि अरुन श्रेष्ठले एक गोल गरे।
पहिलो हफमा १-० गोलको अग्रता बनाएको मनाङले दोस्रो हफामा थप एक गोल गर्दा एक गोल ब्यहोरेको थियो। खेलको १६औं मिनेटमा दर्शनको गोलमा सुरुआती अग्रता बनाएको मनाङले ५७औं मिनेटमा गोल ब्यहोरेको थियो। संकटाका लागि अरुणले गोल गर्दै खेल १-१ गोलको बराबरी अबस्थामा ल्याए। त्यसपछि ६७औं मिनेटमा मनाङका लागि दर्शन गोल गर्दै २-१ गोलको अग्रता दिलाए। त्यसपछि बाँकी समय थप गोल नहुँदा मनाङ २-१ गोलले विजयी भयो।
यो जितसँगै मनाङ तेस्रो जित निकालेको छ। ८ खेलबाट १० अंक जोडेको मनाङ सातौं स्थानमा उक्लिएको छ। यता पराजित संकटाले भने शीर्ष स्थानमा अग्रता बनाउने मौका गुमाएको छ। समान ८ खेलबाट ५ जित, १ बराबरी र २ हारसहित संकाटको १६ अंक जनेड्दै शीर्ष स्थानमा यथावत् रहेको छ।
खुमलटारमाथि आर्मीको पुनरा गमन जित
त्रिभुवन आर्मी क्लबले एफसी खुलमटार विरुद्ध १-० गोलको अग्रता उल्ट्याउँदै खेलमा ३१ को पुनरागमन जित निकालेको छ। पहिलो हाफमा १-० गोलले पछि परेको आर्मीले दोस्रो हाफमा ३ गोल गर्दै खेलमा विजयी भएको हो। यो जितसँगै आर्मीले जारी सिजन तेस्रो जित निकालेको छ। ८ खेलमा २ बराबरी र ३ हार ब्यहोरेको आर्मी ११ अंकसहित छैटौं स्थानमा उक्लिएको छ। यता पराजित खुमलटारको भने यो छैटौं हार हो। समान ८ खेलबाट २ जितसहित ६ अंक जोडेको खुमलटार पुछारबाट दोस्रो स्थानमा रहेको छ।
खेलको १५औं मिनेटमा आर्यन काजी थापाको गोलमा पहिलो हाफ भरि १-० गोलको अग्रता बनाएको खुमलटारले ५८औँ मिनेटमा गोल खाएको थियो। आर्मीका लागि रबिन गलेले गोल गर्दै खेल १-१ गोलको बराबरी अबस्थामा ल्याए। त्यसपछि खेलको ९०औँ मिनेटमा दिपेश दुम्जनले गोल गरि खेलमा आर्मीलाई २-१ को अग्रता दिलाए। त्यस्तै खेलको इन्जुरी समयमा पुन दिपेशले गोल गर्दै आर्मीलाई ३-१ गोलको जित दिलाए।



