शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

एक्सप्रेस पाना
पौष १८, २०८० बुधबार
  • 358
    SHARES
  • एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

    विभागीय टोली एपीएफले पाँचौँ पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

    images

    बुधबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो। एपीएफले पहिलो पटक सन् २०१६ मा उपाधि जितेको थियो। त्यसपश्चात् २०१७,१८,१९ र २०२१ मा उपाधि जित्न सफल भएको थियो।

    बुधबार एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रन मात्रै बनायो।

    images

    कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक ६२ रन बनाइन्। उनले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गरिन्। उनले खेलमा दुई पटक जीवनदान पाएकी थिइन्।

    यता, काजल श्रेष्ठ २२ रन बनाइन्। उनले २९ बलमा १ चौका प्रहार गरिन्। कोशीका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकिनन्।

    एपीएफका करुणा भण्डारी र सीता रानामगरले १/१ विकेट लिइन्।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो।

    कोशीकी इन्दु बर्माले सर्वाधिक ५३ रन बनाइन्। उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरिन्।

    ओपनर ज्योति पाण्डेले ३० बलमा ३ चौकासहित २७ रन बनाउँदा रोमा थापाले १४ रन बनाइन्। अन्य ब्याटरको प्रदर्शन भने राम्रो रहेन।

    कोशीकी अप्सरी बेगमले सर्वाधिक ३ विकेट लिइन्। अलिसा खडकायतले २ विकेट लिँदा रुविना क्षेत्री र निशा शाहले १/१ विकेट लिइन्।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # कोशी प्रदेश
  • # प्रधानमन्त्री कप
  • # एपीएफ