शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप खेल्न जाने यू-१९ टिमको बिदाइ

एक्सप्रेस पाना
पौष २०, २०८० शुक्रबार
  • 318
    SHARES
  • विश्वकप खेल्न जाने यू-१९ टिमको बिदाइ

    काठमाडौं, पुस २० । आईसीसी पुरुष यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ।

    images

    नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो।

    उक्त टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का सहितले बिदाइ गरेका हुन्। 

    images

    यू–१९ विश्वकप जनावरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा हुने तालिका छ।

    नेपाली टोली : 
    देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभास भण्डारी, दीपक बोहरा, उत्तमरंगु थापा, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द। 

  • सम्बन्धित विषय:

  • # क्रिकेट