शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एन्फा यू१६ लिग: पुलिसमाथि संकटाको जित

एक्सप्रेस पाना
पौष २०, २०८० शुक्रबार
  • 301
    SHARES
  • एन्फा यू१६ लिग: पुलिसमाथि संकटाको जित

    काठमाडौँ, पुस २० । नेपाल पुलिस क्लबले एन्फा यू १६ लिगमा संकटा क्लबलाई पराजित गरेको छ।

    images

    सातदोबाटोस्थित एन्फा एकेडेमीमा शुक्रबार सम्पन्न खेलमा संकटाले पुलिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

    संकटाको जितमा सरन एसकेले एक गोल गरेका थिए। अर्को गोल भने संकटाले उपहार पाएको हो। यता, पुलिसका लागि सञ्जित लामाले गरेको एक गोल सान्त्वना रह्यो।

    images

    खेलको आठौँ मिनेटमा संकटाले उपहार गोलबाट शुरूआती अग्रता बनाएको थियो। १६औँ मिनेटमा सरनले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए। पहिलो हाफमै दुई गोलको अग्रता बनाएको संकटाले दोस्रो हाफमा पनि केही अवसर सिर्जना गरेको थियो। तर, थप गोल भने गर्न सकेन।

    ४६औँ मिनेटमा पुलिसका सञ्जितले पेनाल्टीमा गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए। ७३औँ मिनेटमा पुलिस १० खेलाडीमा समेटियो। पुलिसका नियमित गोलरक्षक भक्तबहादुर परियार गम्भीर चोट बोक्दै मैदानबाट बाहिरिए। त्यसअघि नै पुलिसले वैकल्पिक खेलाडीको रूपमा प्रयोग गर्नुपर्ने सबै खेलाडीलाई मैदान प्रवेश गराइसकेको थियो। पुलिसले कृष्णा सुवेदीलाई गोलरक्षकको रूपमा प्रयोग गर्दै बाँकी समय १० खेलाडीमा खेलेको थियो। 

    इन्जुरी समयको छैटौँ मिनेटमा संकटा पनि १० खेलाडीमा समेटियो। दोहोरो पहेँलो कार्ड पाएपछि किशोरकुमार दनुवार मैदानबाट बाहिरिए। जितसँगै संकटाले ९ खेलबाट १९ अंक जोडेको छ। संकटा शीर्ष स्थानमा छ। पराजित पुलिसले ८ खेलबाट १४ अंक जोडेको छ।

  • सम्बन्धित विषय:

  • # एन्फा यू-१६ लिग