शनिबार, श्रावण ३० गते २०८३
images
images

आजको राशिफल : २०८० पुस २२ गते आइतबार

एक्सप्रेस पाना
पौष २२, २०८० आइतबार
  • 571
    SHARES
  • आजको राशिफल : २०८० पुस २२ गते आइतबार

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    images

    अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    images

    सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। तापनि व्यवहारमा शुभचिन्तकहरूको साथ दिनेछन्। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। सम्पादित कामबाट लाभांश मिल्नेछ। 

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। दिउँसोदेखि दिगो काम थालनी गर्ने अवसर जुट्नेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। 

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चोटपटक लाग्ने योग देखिएकाले सजग रहनुहोला।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ उठाउन सकिनेछ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। 

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। 

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    खर्च बढ्ने र काम रोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। यात्राको प्रक्रियामा समय बित्नेछ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    व्यवसायभन्दा सेवामूलक कामबाट फाइदा हुनेछ। लाभांश उठाउन हतार नगर्नुहोला। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। 

  • सम्बन्धित विषय:

  • # राशिफल