शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप: नवलपरासीलाई पराजित गर्दै बाँकेले जित्यो लुम्बिनी प्रदेश छनोटको उपाधि

एक्सप्रेस पाना
पौष २२, २०८० आइतबार
  • 526
    SHARES
  • प्रधानमन्त्री कप: नवलपरासीलाई पराजित गर्दै बाँकेले जित्यो लुम्बिनी प्रदेश छनोटको उपाधि

    भैरहवा, पुस २२ (विकाश भट्टराई) । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता २०८० को फाइनल खेलमा नवलपरासीलाई ७ रनले पराजित गर्दै बाँकेले उपाधि जितेको छ।

    images

    आइतबार भैरहवास्थित सिदार्थ क्रिकेट रंगशालामा भएको खेलमा बाँकेले नवलपरासीलाई ७ रनले पराजित गर्दै छनोट प्रतियोगिताको उपाधि जितेको हो।

    मौसमका कारणले २८ ओभरमा छोट्टाईएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बाँकेले २७.१ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर मात्र १४९ रन बनाएको थियो।
     
    ब्याटिङमा बाँकेका लागि कप्तान सिद्धान्त राज शाहिले सर्वाधिक ३० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रन बनाए। त्यस्तै राहुल शर्माले १६ रन, सुनिल भण्डारीले १४ रन, लभकुश यादवले १० रन बनाए। विजय चौधरीले नटआउट ९ रन, शुभेन्दु पान्डे, सन्दिप नेपाली र रोहन केसिले ९/९ रन, प्रनित थापा मगरले ८ रन, शादब अन्सारीले ४ रन र धन बहादुर छेत्रीले १ रन बनाए। अतिरिक्तमा बाँकेलाई २० रन मिल्यो।

    images

    बलिङमा नवलपरासीका लागि इकलाख वर्शीले ६ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। अजित यादवले ६ ओभरमा ३८ रन खर्चेर ३ विकेट लि । त्यस्तै रोशन लाल गुप्ताले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए।

    १५० रनको लक्ष्य लिएर मैदान उत्रिएको नवलपरासीले २८ ओभर पूरा खेल्दै मात्र १४२ रन जोड्न पुग्यो।

    ब्याटिङमा नवलपरासीका लागि सम्राट भुसालले सर्वाधिक ५६ बलमा ४ चौकासहित ३८ रन बनाए। त्यस्तै दिल्साद अलिले ३४ रन, रन्जित खड्काले २७ रन, जितेन्द्र केवातले १९ रन बनाए। यस्तै ध्रास सोनारले ६ रन, निरज भण्डारीले ५ रन, अजित यादव १रन र राजेद्र बम नटआउट ५ रन बनाए पनि जितको लागि सहज भएन।

    नवलपरासीलाई १४२ रनमा रोक्न बलिङमा बाँकेका लागि कप्तान सिद्धान्त राज शाहिले ६ ओभरमा १६ रन खर्चेर २ विकेट लिए। यस्तै लभकुश यादवले ५ ओभरमा २६ रन खर्चेर २ विकेट लिए। धन बहादुर क्षेत्री र सुनिल भण्डारीले १/१ विकेट लिए।

    यो सँगै खेल बाँकेले लिम्बनी प्रदेशस्तरिय छ्नोट प्रतियोगिताको उपाधि चुम्न सफल भयो। यस खेलका म्यान अफ द म्याच बाँकेका सिद्धान्त राज शाही भए। उनलाई लुम्बिनी प्रदेश क्रीकेट संघका पुर्व उपाध्यक्ष एवम् वर्तमान सल्लाहकार कृष्ण श्रेष्ठले म्यान अफ द म्याचको ट्रफी प्रदान गर्नुभयो।

    समापन समारोहमा च्याम्पियन बनेको बाँकेलाई लुम्बिनी प्रदेश क्रिकेट संघका सचीव कैलाश रोका मगरले प्रथम ट्रफी प्रदान गर्नुभयो।

    प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशस्तरिय छनोट खेल पुस १२ गते देखि आज २२ गतेसम्म सिदार्थ रंगशाला र देउखुरी रंगशालामा संचालन गरिएको हो। 

    उत्कृष्ट खेल्ने खेलाडीहरुलाई २ दिन बन्द प्रशिक्षणमा राखी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि १४ सदस्यसहित्को लुम्बिनी प्रदेशको टिम निर्माण गरिने लुम्बिनी प्रदेश क्रीकेट संघका सचिव कैलाश रोका मगरले जानकारी गराउनुभयो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट