शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप: बैतडीले उपाधिका लागि कैलालीसँग खेल्ने

एक्सप्रेस पाना
पौष २२, २०८० आइतबार
  • 292
    SHARES
  • प्रधानमन्त्री कप: बैतडीले उपाधिका लागि कैलालीसँग खेल्ने

    बैतडी, पुस २२ विनोद सिंह विष्ट । प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनल पुग्ने टोलीको टुंगो लागेको छ।

    images

    आइतबार समूह चरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने खेलको टुंगो लागेको हो। समान तीन खेल जितेको बैतडी अंकतालिकाको शीर्ष र कैलाली दोस्रो स्थानमा रहदै फाइनल पुगेका छन्। आज सम्पन्न खेलमा बैतडीलाई १० रनले हराउदै कैलाली फाइनलमा पुग्यो।

    यसअघि समान तीन खेल जितेको कञ्चनपुर भने नेट रनरेटमा पछि रहदै फाइनल होडबाट बाहिरिएको स्कोरर नरेन्द्र भट्टले जानकारी दिए।

    images

    जितका लागि पाएको २०१ रनको लक्ष्य पछ्याएको बैतडीले ३० ओभरमा ६ विकेटको क्षतिमा १९० रन मात्रै बनाउन सक्यो। जसमा ओपनर खडक बोहराले शतकीय पारी खेले। उनले ७९ बलको सामना गर्दै १२ चौका र २ छक्काको मद्दतमा ११० रन जोडे। जारी प्रतियोगितामा खडक शतक हिर्काउने पहिलो खेलाडी समेत बने। कैलालीका लागि शेर मल्लले ४ र कप्तान नारायण जोशीले २ विकेट हात पारे। 

    यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३० ओभरमा झारिएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित ३० ओभरमा ६ विकेटको क्षतिमा २०० रन बनायो ।उसका अभिषेक पालले ६३ र आयुब चन्दले अविजित ५३ रनको योगदान गरे।  

    बैतडीका खडक बोहराले ३ विकेट झारे। खडक खेलका म्यान अफ द म्याच समेत चुनिए। बैतडी र कैलालीबीचको फाइनल खेल मंगलबार हुनेछ।

    सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि छनोट प्रतियोगिता शुरू भएको थियो। छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिनेछ। 

  • सम्बन्धित विषय:

  • # क्रिकेट