शनिबार, श्रावण ३० गते २०८३
images
images

आजको राशिफल: २०८० पुस २३ गते सोमबार

एक्सप्रेस पाना
पौष २३, २०८० सोमबार
  • 399
    SHARES
  • आजको राशिफल: २०८० पुस २३ गते सोमबार

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला। अध्ययन अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ। मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

    images

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ। बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन्। सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ। गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला।

    images

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन्। सवारि साधन प्राप्त हुने योग रहेको छ। दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ। मायाप्रेममा बिश्वासको वाताबरण झन कसिलो भएर जानेछ। सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ। मायाप्रेममा अबिस्वास बढ्नेछ। बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ। खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन्। माया प्रेमको डोरो कसिलो भएर जानेछ। प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन्।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ। प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन। पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ। आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ।

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा उपचार खर्च बढ्न सक्छ। बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेहुदा मनमा असान्तिले गतिलो डेरा जमाउँनेछ। पारिवारिक सम्बन्ध तथा पतीपत्निबिचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महशुष हुनेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ। आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ। सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन्। प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ। साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ। आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ। 

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छिमेकिको साथ नपाइने हुदा मन खिन्न रहनेछ। प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ।

  • सम्बन्धित विषय:

  • # राशिफल