शुक्रबार, भाद्र २६ गते २०८३
images

गायक निर्मलको ‘हारजित’ सार्वजनिक

एक्सप्रेस पाना
पौष २४, २०८० मंगलबार
  • 327
    SHARES
  • गायक निर्मलको ‘हारजित’ सार्वजनिक

    काठमाडौँ, पुस २४ । गायक निर्मल दाहालले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘हारजित’ सार्वजनिक गरेका छन्। 

    images

    फरक शैलीको गितमा जम्दै गरेका गायक निर्मलले त्यसैको निरन्तरतास्वरुप ‘जित तिम्रो मान बनोस, हार तिम्रो ज्ञान बनोस’ बोलको गित ल्याएको बताए। विभिन्न बहानामा विभाजित हुँदै गएको समाजलाई खेलकुदले एकताको सुत्रमा बाधिरहेका कारण खेलाडीको सम्मानमा गित कोरेको निर्मलको भनाई थियो। 

    निर्मलको आफ्नै रचना, संगीत र स्वरमा रहेको गितमा उनलाई र्यापर सुभम बोहरा (आत्मा)ले साथ दिएका छन्। गितको भिडियोमा निर्मलले नेपाली खेलाडी र खेलकुदको सम्मानका लागि विभिन्न खेल प्रतिस्पर्धाका दृष्यहरु कैद गरेका छन्। 

    images

    निर्मलले यसअघि पागल, अचेल, जब घामलगायतका गितहरु सार्वजनिक गरिसकेका छन्।