शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिन्धुपाल्चोक फुटबल क्लब र चौतारा विजयी, शुक्रबार क्वार्टरफाइनलका खेल हुने

एक्सप्रेस पाना
पौष २६, २०८० बिहीबार
  • 326
    SHARES
  • सिन्धुपाल्चोक फुटबल क्लब र चौतारा विजयी, शुक्रबार क्वार्टरफाइनलका खेल हुने

    चौतारा, सिन्धुपाल्चोक पुस २६ । प्रथम प्रवीण घले स्मृति कप तथा मुग ल्हो ल्होसार खुला ७ ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ।

    images

    चौतारामा टुँडिखेलस्थित चौतारा मिनी रंगशालामा बिहिवार प्रि क्वार्टरफाइनल अन्तर्गत सिन्धुपाल्चोक फुटबल क्लब, लामसाँघु र चौतारा फुटबल क्बल विजयी भएसँगै अन्तिम ८ मा पुग्ने सबै टोलीको टुंगो लागेको हो।

    बिहिबार पहिलो खेलमा सिन्धुपाल्चोक फुटबल क्बलले राइडर्स फेमेलिलाई पेनाल्टीमा ३-० गोल अन्तरले पराजित गर्दै इन्द्रवाती ३, कुन्चोकसँगको भेट पक्का गरेको छ। निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिएको थियो। 

    images

    जसमा सिन्धुपाल्चोक फुटबल क्बलका लागि ३ खेलाडीले गोल गरे। राइडर्सका लागि ३ खेलाडी नै पेनाल्टीमा चुके। खेलमा शुरूआती अग्रता भने राइडर्सले लिएको थियो।

    दोस्रो तथा अन्तिम प्रि क्वार्टरफाइनलमा चौतारा फुटबल क्लबले रानीटार युवा क्बलमाथि ३-१ गोल अन्तरको पुनरागमन जित हासिल गर्‍यो। पहिलो हाफमा १-० गोल अन्तरले पछि परेको अबस्थालाई उल्ट्याँदै चौताराले खेलमा ३-१ गोलको जित हासिल गरेको हो।  चौतराले क्वार्टरफाइनलमा गाती युवा क्लबसँग खेल्ने छ।

    शुक्रबारबाट क्वार्टरफाइनलका खेलहरू शुरू हुने आयोजकले जनाएको छ। शुक्रबार पहिलो क्वार्टरफाइनमा मेलचौर युवा जागरण समाजले बछ्लादेवी युवा क्लबको सामना गर्नेछ। यो खेल शुक्रबार बिहान ८:३० बजे हुनेछ।

    यस्तै, दोस्रो खेलमा गाती युवा क्लबले चौतारा फुटबल क्लबसँग बिहान १०:३० बजे खेल्नेछ। तेस्रो खेलमा इन्द्रवाती ३, कुन्चोकले सिन्धुपाल्चोक फुटबल क्लबसँग खेल्नेछ। यो खेल दिउँसो १:३० बजेबाट शुरू हुनेछ। 

    चौथो तथा अन्तिम खेल रोयल फेमेलीले चौतारा स्पोर्टिङ् क्लबबीच हुनेछ। यो खेल दिउँसो ३:३० बजेबाट शुरू हुनेछ। प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १५१ रुपैयाँ तथा उपविजेता ७५ हजार ५५५ रुपैयाँ, ट्रफी र मेडल पाउने छन्। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, खेलाडी र सर्वाधिक गोलकर्ताले नगदसहित ट्रफी पाउने छन्।

    प्रतियोगिताका सबै खेल मिनी रंगशालामा हुनेछ। 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # प्रवीण घले स्मृति कप