शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रथम प्रवीण घले स्मृति कप: उपाधिका लागि बाह्रदेवी र रोयल्स भिड्ने

एक्सप्रेस पाना
पौष २८, २०८० शनिबार
  • 323
    SHARES
  • प्रथम प्रवीण घले स्मृति कप: उपाधिका लागि बाह्रदेवी र रोयल्स भिड्ने

    सिन्धुपाल्चोक पुस २८ । प्रथम प्रवीण घले स्मृति कप तथा मुग ल्हो ल्होसार खुला ७ ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रोयल्स फेमेलि चौताराले बाह्रदेवी युवा क्लब बाह्रबिसेसँग खेल्नेछ।

    images

    चौतारा टुँडिखेलस्थित मिनी रंगशालामा शुक्रबार सम्पन्न  सेमिफाइनल अन्तर्गत पहिलो खेलमा बाह्रदेवी युवा क्लबले गाती युवा क्लबलाई तथा रोयल्स फेमेली चौताराले सिन्धुपाल्चोक फुटबल क्लब लामसाँघुलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

    बाह्रदेवी गाती युवा क्लबलाई १-० गोलले पराजित गरेको हो। बाह्रदेवीको जितमा पेम्बा तामाङ गरेको गोल निर्णयक बन्यो। खेलको ११औँ मिनेटमा उनले गोल गरेका थिए। 

    images

    दोस्रो तथा अन्तिम सेमिफाइनलमा रोयल्स फेमेलीले सिन्धुपाल्चोक फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो। रोयलको जितमा सुनिल गोले तामाङले निर्णय गोल बन्यो। 

    यस्तै प्रतियोगिताको फाइनल खेल माघ १ गते सोमबार दिउँसो १:३० बेजबाट सुरु हुनेछ।

    यस प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १५१ रुपैयाँ तथा उपविजेता ७५ हजार ५५५ रुपैयाँ, ट्रफी र मेडल पाउने छन्। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, खेलाडी र सर्वाधिक गोलकर्ताले नगदसहित ट्रफी पाउने छन्।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # प्रवीण घले स्मृति कप