शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बार्सिलोनालाई हराउँदै रियलले जित्यो सुपर कोपाको उपाधि

एक्सप्रेस पाना
माघ १, २०८० सोमबार
  • 249
    SHARES
  • बार्सिलोनालाई हराउँदै रियलले जित्यो सुपर कोपाको उपाधि

    एजेन्सी ।बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ। 

    images

    गएराती सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको सुपर कोपा जितेको हो।

    रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए। उनले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै अर्को गोल रोड्रीगोले गरेका थिए।

    images

    त्यस्तै बार्सिलोनाका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए। यस खेलको खेलको ७१औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएर मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो।

    योसँगै रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि १३ पटक जितेको छ। सुपर कोपा सबैभन्दा बढी पटक जित्ने टिम भने बार्सिलोना रहेको छ। साविकको विजेता समेत रहेको बार्सिलोनाले यो उपाधि १४ पटक जितेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल