शनिबार, श्रावण ३० गते २०८३
images
images

आजको राशिफल : २०८० माघ ३ गते

एक्सप्रेस पाना
माघ ३, २०८० बुधबार
  • 481
    SHARES
  • आजको राशिफल : २०८० माघ ३ गते

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ। साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ।

    images

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नराम्रा समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ। साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ। माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ।

    images

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ। दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ। सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ। पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ। प्रेममा सफलता तथा सामिप्यता बड्नेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडि छोड्नेछ। राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ। कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शाहशिलो कामगर्ने जोसजागर आउँनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ। साझपख समय मध्ययम रहेकोले आमा तथा आफन्तसँग मनमुटाब बढ्नेछ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ। पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ। माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ। माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ। बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ। साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ। राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ। प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ। नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ। माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ।

  • सम्बन्धित विषय:

  • # राशिफल