शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप: सूर्यको उत्कृष्ट बलिङमा आर्मीविरुद्ध बागमतीको जित

एक्सप्रेस पाना
माघ ३, २०८० बुधबार
  • 310
    SHARES
  • प्रधानमन्त्री कप: सूर्यको उत्कृष्ट बलिङमा आर्मीविरुद्ध बागमतीको जित

    काठमाडौँ, ३ माघ । सूर्य तामाङले उत्कृष्ट बलिङप्रेरित बागमती प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा बागमतीले आर्मीलाई ३ विकेटले पराजित गरेको हो।

    images

    आर्मीले दिएको ९८ रनको लक्ष्य पछ्याएको बागमतीले २२.१ ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनायो। बागमतीका अशोक पौडेल र प्रतिश जीसीले २१/२१ रन बनाए। प्रतिश भने अविजित रहे। इशान पाण्डे र रविन जोशीले १२/१२ रन बनाउँदा विपिन आचर्याले १० रन बनाए।

    आर्मीका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। शाहब आलम र जितेन्द्र मुखियाले २/२ विकेट लिए। त्यसअघि मूलपानी क्रिकेट मेदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले २७.१ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो। आर्मीका कप्तान बिनोद भण्डारीले सर्वाधिक २८ रन बनाए। भीम सार्की १८ रनमा आउट हुँदा विवेक यादव ११ रनमा अविजित रहे। आर्मीका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

    images

    बागमतीका सूर्य तामाङले सर्वाधिक ५ विकेट लिए। उनले ९ ओभर बलिङ गर्दै २ मेडनसहिन २६ रन खर्चिए। प्रतिश जीसी र रिजन ढकालको नाममा २/२ विकेट रह्यो। क्रिजन गुरुङले भने १ विकेट लिए।

    जितसँगै बागमती चौथो स्थानमा उक्लिएको छ। बागमतीको ४ खेलबाट ४ अंक रहेको छ। २ खेल खेलेको आर्मी भने पाँचौँ स्थानमा झरेको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # प्रधानमन्त्री कप