शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप: कर्णालीसँग लुम्बिनी पराजित

एक्सप्रेस पाना
माघ ३, २०८० बुधबार
  • 358
    SHARES
  • प्रधानमन्त्री कप: कर्णालीसँग लुम्बिनी पराजित

    काठमाडौँ, ३ माघ । कर्णाली प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनीलाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा कर्णालीले लुम्बिनीलाई ६० रनले पराजित गरेको हो। 

    images

    कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन बनायो। 

    लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक ४७ रन बनाए। उनले ७७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ओपनर मृणाल गुरुङले २२ रन बनाउँदा मोहम्मद हसन र निर्मल गुरुङ १०/१० रन बनाएर आउट भए। अन्य ब्याटरले भने कृजमा जमेर खेल्न सकेनन्।  

    images

    कर्णालीका दिनेश अधिकारीले सर्वाधिक ३ विकेट लिए। दिपेन्द्र रावल र अनुज चनाराले २/२ विकेट लिँदा १ विकेट दिवश पुनको नाममा रह्यो। 

    त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। खराव मौसमका कारण खेल ४५ ओभरमा झारिएको थियो। 

    कर्णालीका दिनेश अधिकारीले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए। उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। दिपेन्द्र रावलले ४७ रन बनाउँदा हिमान्शु शाही २५ र रविन्द्र शाही ११ रनमा पेभिलियन फर्किए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

    लुम्बिनीका निर्मल गुरुङ र अभिषेक गौतमले ३/३ विकेट लिए। मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानको नाममा १/१ विकेट रह्यो।

    जितसँगै कर्णालीले ३ खेलबाट ४ अंक जोडेको छ। लुम्बिनीको समान खेलबाट २ अंक रहेको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # प्रधानमन्त्री कप