शनिबार, आश्विन २४ गते २०८३
images

१५ लाख फिरौती माग्ने तीनजना पक्राउ

एक्सप्रेस पाना
माघ ४, २०८० बिहीबार
  • 389
    SHARES
  • १५  लाख फिरौती माग्ने तीनजना पक्राउ

    चितवन, ४ माघ । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन्। प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो। 

    images

    अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार उनीहरुलाई आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ। रासस

  • सम्बन्धित विषय:

  • # रासस