शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

एक्सप्रेस पाना
माघ ४, २०८० बिहीबार
  • 324
    SHARES
  • साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

    काठमाडौं, माघ ४ । बंगलादेशमा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार २३ सदस्सीय टोली घोषणा गरेको हो। 

    images

    टोलीमा गत वर्ष ढाकामै आयोजना भएको यू–१७ साफ खेलेका अधिकांश खेलाडी दोहोरिएका छन्। गोलरक्षक सुजाता तामाङ र करुण बुढाथोकी साफ यू–१९ टोलीमा छन्।

    उनीहरूबाहेक  मिडफिल्डरहरू सुशीला केसी, भावना परियार र पुनम चेम्जोङले पनि टोलीमा स्थान बनाएका छन्। यस्तै, फरवार्ड सेनु परियार, सुक्रिया मिया र वर्षा ओली पनि यू–१९ टोलीमा दोहोरिएका छन्।

    images

    दक्षिण एसियाली फुटबल महासंघ (साफ)का अनुसारको उद्घाटन खेलमा बंगलादेश र नेपाल भिड्नेछन्। नेपालले दोस्रो खेल फ्रेबुअरी ४ मा भुटानसँग र अन्तिम खेल भारतसँग ६ फ्रेबुअरीमा खेल्ने छ। 

    प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत र भुटान गरी ४ टोलीको सहभागिता रहनेछ। प्रत्येक टोलीले ३/३ खेल खेल्नेछन् र शीर्ष दुई टोली फाइनलमा पुग्ने छन्। फाइनल खेल फेब्रुअरी ८ मा हुनेछन्।

    सन् २०१८ मा साफ यू–१८ मा नेपाल उपविजेता बनेको थियो। उक्त प्रतियोगिताको उपाधि भिड्न्तमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो। उक्त प्रतियोगितामा ६ टोली सहभागी थिए। २०२१ मा साफ यू–१९ को नाममा प्रतियोगिता हुँदा नेपाल तेस्रो भएको थियो। त्यतिबेला ५ राष्ट्रको सहभागिता थियो।

    २०२२ मा पुन: साफ यू–१८ को नाममा प्रतियोगिता हुँदा नेपाल तेस्रो भएको थियो। उक्त प्रतियोगिता नेपाल, भारत र बंगलादेशले मात्रै सहभागिता जनाएका थिए। गत संस्करणमा भने ४ राष्ट्रले सहभागिता जनाउँदा नेपाल उपविजेता बनेको थियो। फाइनल खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो।

    नेपालको टोली
    गोलरक्षक : सुजाता तामाङ, करुण बुढाथोकी, लीला जोशी
    डिफेन्डर : दिव्या यसमाली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिताकुमारी नाथ, गंगा रोकाया, सिमरन राई, माया मास्के
    मिडफिल्डर : बिर्साना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ
    फरवार्ड: सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर, सजिना स्याङ्तान

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ यू–१९ महिला च्याम्पियनसिप