शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एरिक बिष्ट भारतीय क्लब सिलोङ लाजोङ फुटबल क्लबमा अनुबन्धित

एक्सप्रेस पाना
माघ ५, २०८० शुक्रबार
  • 354
    SHARES
  • एरिक बिष्ट भारतीय क्लब सिलोङ लाजोङ फुटबल क्लबमा अनुबन्धित

    काठमाडौं, माघ ५ । नेपाली राष्ट्रिय टिमका मिडफिल्डर एरिक बिष्ट इन्डियन लिग (आई लिग) को क्लब सिलोङ लाजोङ फुटबल क्लबमा अनुबन्धित भएका छन्। 

    images

    राष्ट्रिय टिम र घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका एरिकलाई क्लबले बिहीबार सार्वजनिक गरेको हो। एरिकले यस सिजनको अन्त्यसम्म सिलोङबाट खेल्ने र प्रदर्शन राम्रो रहे सम्झौता नवीकरण गर्ने क्लबले जनाएको छ। एरिक अन्तर्राष्ट्रिय एजेन्सी इबिजाबाट सिलोङसम्म पुगेका हुन्।

    केही हप्ताअघि मात्र सम्पन्न नेपाल सुपर लिग (एनएसएल) मा २३ वर्षीय एरिकले मार्की खेलाडीको रुपमा बुटबल लुम्बिनी एफसीबाट खेलेका थिए। 

    images

    लुम्बिनीको कप्तानी जिम्मेवारी समेत निभाएका एरिकले एनएसएलमा प्रभावशाली प्रदर्शन गरेका थिए। चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्दासमेत एरिक टिमका महत्वपूर्ण सदस्य थिए।

    सिलोङबाट खेल्ने एरिक दोस्रो नेपाली फुटबलर हुन्। यसअघि सन् २००९ मा नेपाली टिमका फरवार्ड अनिल गुरुङ सिलोङमा अनुबन्धित भएका थिए।

  • सम्बन्धित विषय:

  • # फुटबल