शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कोशीलाई पराजित गर्दै बागमती अंक तालिकाको शीर्ष दुईमा

एक्सप्रेस पाना
माघ ५, २०८० शुक्रबार
  • 352
    SHARES
  • कोशीलाई पराजित गर्दै बागमती अंक तालिकाको शीर्ष दुईमा

    कोशी प्रदेशलाई पराजित गर्दै बागमती प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष दुईमा पुगेको छ। शुक्रबार सम्पन्न खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो। 

    images

    जितसँगै बागमतीले ५ खेलमा ६ अंक जोडेको छ। बागमतीले मधेशलाई ८६ रन र आर्मीलाई ३ विकेटले पराजित गरेको थियो। पुलिससँग बागमती ६८ र एपीएफसँग ८९ रनले पराजित भएको थियो। कोशी भने जारी प्रतियोगितामा जितविहिन छ। 

    बागमतीले दिएको २७३ रनको लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २०९ रनमा समेटियो। कोशीका सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धशतक प्रहार गरे। सुजनले ७६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। 

    images

    यस्तै, अंकितले ६५ बलमा ४ चौका र २ छक्का प्रहार गरे। 

    ओपनर सोनु अन्सारी २१ र हेमन्त राई १० रनमा आउट हुँदा आशिष भण्डारी ३२ रनमा अविजित रहे। कोशीका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। 

    बागमतीका इशान पाण्डेले सर्वाधिक ५ विकेट लिए। उनले ८ ओभर बलिङ गर्दै ३९ रन खर्चिए। सूर्य तामाङले २ विकेट लिँदा रिजन ढकाल र प्रतिक श्रेष्ठले १/१ विकेट लिए। 

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले ४८.३ ओभरमा सबै विकेट गुमाउँदै २७३ रन बनायो। 

    बागमतीका ओपनर आसुतोष धिरौयाले शतक प्रहार गरे। करिअरको पहिलो शतक प्रहार गरेका उनले १११ बलमा १६ चौका र २ छक्का प्रहार गरे। 

    कप्तान रित गौतम जारी प्रतियोगितामा अर्धशतक बनाउनबाट एक रनले चुके। उनले ६० बलमा ३ चौकासहित ४९ रन बनाए। 

    रविन जोशी ४३ र प्रतिक श्रेष्ठ १९ रनमा आउट हुँदा बागमतीका अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन।

    कोशीका अभ्यास तिमिल्सिनाले सर्वाधिक ३ विकेट लिए। कमल खत्री र हेमन्त राईले २/२ विकेट लिँदा फिर्दोश अन्सारीको नाममा १ विकेट रह्यो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # प्रधानमन्त्री कप