शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप: मधेसद्वारा सुदूरपश्चिम पराजित

एक्सप्रेस पाना
माघ ८, २०८० सोमबार
  • 294
    SHARES
  • प्रधानमन्त्री कप: मधेसद्वारा सुदूरपश्चिम पराजित

    काठमाडौँ, ८ माघ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। 

    images

    सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेसले सुदूरपश्चिमलाई ८० रनले पराजित गर्‍यो। प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो। 

    जिसँगै प्रतियोगितामा चौथो जित हासिल गरेको मधेसले ८ अङ्क जोडेको छ। ६ खेलमा ८ अङ्क जोड्दै मधेस प्रदेश तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै ४ खेलमा ३ जित र १ खेलमा हार बेहोर्दै सुदुरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ। 

    images

    मधेस प्रदेशले दिएको ३२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४।५ ओभरमा सवै विकेट गुमाउदै २३९ रनमा समेटियो। सुदूरपश्चिमका लागि नरेन भट्टले एक सय २२ बलमा १३ चौका र एक छक्काको मद्दतमा एक सय २१ रन बनाए। यसैगरी नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खडक बोहराले १४ तथा गजेन्द्र बोहराले १२ रन बनाए। 

    मधेसका लागि राजेश यादव र प्रदीप पासवानले समान ३ विकेट लिए भने रञ्जित कुमारले दुई तथा कप्तान हरिशङ्कर शाह र पवन सराफले समान १/१ विकेट लिए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो। मधेसका लागि मायन यादवले १२८ बलमा ८ चौका र २ छक्काको सहयोगमा११५ रनको योगदान दिए।

    त्यसैगरी पवन सर्राफले ६३ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ७० रन बनाए। अनिल शाहले ७० बलमा ६ चौका र २ छक्काको मद्दतले ६९ रनको योगदान गरे। रुपेश सिंहले २१, अविशेक तिवारीले १६ तथा हरिशंकर शाहले १४ रन बनाए।

    सुदूरपश्चिमका लागि शेर मल्लले ४ विकेट लिए भने विकाश आग्रीले २ तथा नारायण जोशी र गजेन्द्र बोहराले समान १/१ विकेट लिए। स्बिर: क्यान

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # सुदूरपश्चिम प्रदेश
  • # मधेश प्रदेश