शनिबार, आश्विन २४ गते २०८३
images

प्रधानमन्त्री कप: चौथो जितसँगै पुलिस शीर्ष स्थानमा

एक्सप्रेस पाना
माघ ८, २०८० सोमबार
  • 323
    SHARES
  • प्रधानमन्त्री कप: चौथो जितसँगै पुलिस शीर्ष स्थानमा

    काठमाडौँ, ८ माघ । लगातार चौथो जितसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। 

    images

    सोमबार भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा पुलिसले सशस्त्र प्रहरीलाई ५८ रनले हराएको छ। ललित राजवंशी बलिङमा चम्किदा पुलिसले मध्यम स्कोरमा पनि जित बटुलेको हो। 

    पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पुलिसका लागि दिलीपनाथले ४४ रन बनाए भने अर्जुन साउदले ३१ र शङ्कर रानाले २२ रन जोडे। 

    images

    बलिङतर्फ सशस्त्रका भुवन कार्कीले ३ विकेट, अमर रौटेला र रमेश कुर्मीले समान २/२ विकेट लिए। १४६ रनको लक्ष्य पाएको सशस्त्रले ३४ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो। 

    सशस्त्रका लागि सन्दिप जोराले २५ रन र अमर रौटेलाले २३ रन बनाए। सशस्त्रका कप्तान रोहित पौडेल, लोकेश बम, मौसम ढकाल र रमेश कुर्मी शून्य रनमा आउट भएका थिए।  

    बलिङमा नेपाल पुलिसका ललित राजवंशीले ५ विकेट लिदा रशिद खाँनले २ विकेट लिए भने सागर ढकालले १ विकेट हात पारे।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # प्रधानमन्त्री कप
  • # एपीएफ
  • # नेपाल पुलिस क्लब