शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप: गण्डकीसँग बागमती पराजित

एक्सप्रेस पाना
माघ ९, २०८० मंगलबार
  • 362
    SHARES
  • प्रधानमन्त्री कप: गण्डकीसँग बागमती पराजित

    काठमाडौँ, ९ माघ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ। गण्डकीले बागमतीलाई तीन विकेटले हराएको हो। गण्डकीको यो दोस्रो जित हो। 

    images

    गण्डकी पाँच खेलमा चार अङ्क जोड्दै अङ्क ताकिलाको आठौँ स्थानमा छ। त्यस्तै बागमती सात खेलमा आठ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ। 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले टस जितेर ४९ दशमलव एक ओभरमा सवै विकेट गुमाएर १९८ रन बनायो। १९९ रनको विजयी लक्ष्य गण्डकीले ३ बल बाँकी छँदा ७ विकेट गुमाउँदै पूरा ग¥यो।

    images

    गण्डकीका लागि किरण पङ्गेनीले सर्वाधिक ७९ रनको योगदान दिए। उनले ९८ बलमा ६ चौका र ३ छक्का हाने। यस्तै ईश्वर क्षेत्रीले ३६, मुस्कान थापाले २७, कमल परियारले २० तथा समिर कँडेलले १९ रन बनाए।

    बलिङतर्फ बागमतीका प्रतिश जिसीले २, रिजन ढकाल, सूर्य तामाङ र विपीन आचार्यले समान १ विकेट लिए।

    त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा बागमतीका लागि आँशुतोष घिरैयाले सर्वाधिक ४४ रनको योगदान दिए। त्यस्तै इशान पाण्डेले ४३, विपीन आचार्यले ३८, अशोक पौडेलले ३०, सूर्य तामाङले १५ तथा कप्तान रित गौतमले १३ रन बनाए। 

    बलिङतर्फ गण्डकीका कमल परियारले ४, कप्तान विपीन खत्री र अमृत गुरुङले २/२ सन्दीप पराजुलीले १ विकेट लिए। 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # प्रधानमन्त्री कप
  • # गण्डकी प्रदेश
  • # बागमती प्रदेश